Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै काम गर्दैनौँ- सञ्चारमन्त्री साह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
A A
file photo

file photo

2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

जनकपुर, २६ जेठ (रासस) ः मधेस प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले प्रेस स्वतन्त्रतालाई कुण्ठित हुनेगरी कुनै काम प्रदेश सरकारले नगर्ने बताउनुभएको छ ।

मधेस प्रदेश मिडिया काउन्सिलले तयार पारेको पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता मधेस प्रदेश २०७९ को आज जनकपुरधाममा सार्वजनिक गर्नुहुँदै मन्त्री साहले प्रदेश सरकार प्रेस स्वतन्त्रता र नागरिकता स्वतन्त्रताप्रति प्रतिबद्ध रहेको बताउनुभयो ।

विगतमा बनेको प्रदेश सञ्चार ऐन २०७७ मा त्रुटि देखिएको र त्यसका कारण काम गर्न असहज भएकाले सो ऐन संशोधन विधेयक प्रदेशसभामा प्रस्तुत गरेको उहाँले बताउनुभयो । “विगतमा व्यापक छलफल नै नगरी ऐन ल्याइएको थियो, जसका कारण काम गर्न जटिलता देखिएको छ”, मन्त्री साहले भन्नुभयो, “प्रदेश सरकारले गठन गरेको प्रदेश चलचित्र बोर्डबारे प्रष्ट छैन, त्यसैले बोर्डले काम गर्न सकिरहेको छैन । ती कुराको स्पष्टताका लागि ऐन संशोधन गर्न विधेयक ल्याएको हो, यसमा पत्रकार र पत्रकारितालाई कुण्ठित गर्ने कुरा छैन ”, उहाँको भनाइ थियो ।

ऐन संशोधन विधेयक हिजोमात्रै प्रदेशसभामा प्रस्तुत भएकाले अझै संशोधन गर्न सकिने उल्लेख गर्नुहुँदै मन्त्री साहले त्यसमा पत्रकारका केही सुझाव आए त्यसलाई समेटिने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । सञ्चारमाध्यमलाई व्यवस्थित बनाउने कार्यको थालनी प्रदेश सरकारले सुरु गरिसकेको बताउनुहुँदै मन्त्री साहले सञ्चारमाध्यमलाई लोक कल्याणकारी विज्ञापनलगायतका सेवासुविधा उपलब्ध गराउने बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घ र प्रेस काउन्सिल नेपालले जारी गरेको पत्रकार आचारसंहिताको मूलमर्मलाई आत्मसात् गरी प्रदेशका पत्रकारको सुझाव सल्लाहमा पत्रकार तथा सञ्चारमाध्यम आचारसंहिता मधेस प्रदेश २०७९ तयार पारेको मिडिया काउन्सिल मधेस प्रदेशका अध्यक्ष शिवहरि भट्टराईले बताउनुभयो ।

कार्यक्रममा मधेस प्रदेश आमसञ्चार प्राधिकरणका अध्यक्ष श्यामसुन्दर यादव, नेपाल पत्रकार महासङ्घ मधेस प्रदेशका अध्यक्ष राजेशकुमार कर्ण, जिल्ला समन्वय समिति धनुषाका प्रमुख रामदेव वनरैत यादवलगायतले आआफ्ना सुझाव राख्नुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ जेष्ठ २६,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद