Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज– २७ मा एमालेका कार्यकर्ताको कुटपिटबाट ६ जना घाईते भएका छन् । कुटपिटबाट स्थानीय ५८ वर्षीय नेमा रेशा, ३० वर्षीय आइसा भन्ने मुन्नी खातुन,
४० वर्षीय मलिक नुनिया, १८ वर्षीय मोहमद नुराईन, ४२ वर्षीय मोहमद मिया र १९ वर्षीय जाहिर हवारी घाईते भएका हुन् । उनीहरु मध्ये अधिकांशको टाउकोमा चोट लागेको छ । घाईते सबै जनाको अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । ४ जना उपचारपछि घर फर्किएका छन् भने महम्मद मिया र आयसा खातुनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।
०७४ मा वडा नं २७ नेकपा एमालेका प्रदिप कुमार यादव ११०५ मत ल्याएर विजयी भएका थिए । ९८९ मत ल्याएर नेपाली काँग्रेसका हृदय नारायण प्रसाद कुर्मी पराजित भएका थिए । प्रदिप भन्दा ४०५ मत बढी ल्याएर हृदय वडा अध्यक्षमा निर्वाचित भएका छन् । हृदयले १५१६ मत पाउँदा प्रदिपले १११६ मत पाएका छन् ।
हृदयले जितेको खुशीमा काँग्रेसले राति नै विजयी जुलुस निकालेको थियो । विजयी ¥यालीमा सहभागी भएकाहरुलाई पराजित प्रदिप समेतका व्यक्तिहरुले लाठिले कुटपिट गरेको सूचना प्रहरीकोमा आएको थियो । सूचना पाए लगत्तै प्रहरीले गरेर घटनालाई शान्त पारेको थियो । घाईते भएकाहरुले भने प्रदिप सहितका मानिसहरु आएर एमालेलाई भोट नहालेर काँग्रेसको विजयी ¥यालीमा गएको भन्दै आफूहरु माथि कुटपिट भएको बताएका छन् ।
प्रहरीले घटनामा संलग्न भएको आरोपमा निवर्तमान वडा अध्यक्ष ४५ वर्षीय प्रदिप सहित तीन जनालाई पक्रेको छ । ३३ वर्षीय नुर महमद र ३५ वर्षीय शर्मा प्रसाद कुशवाहा पनि पक्राउ परेका हुन् ।
घाईतेहरुले घटनामा निवर्तमान वडा अध्यक्ष प्रदिपको प्रत्यक्ष संलग्नता रहेको आरोप लगाएपछि सोधपुछका लागि ल्याईएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए । ‘ राति विजयी ¥यालीमा सहभागीलाई पराजित वडा अध्यक्ष सहितका मानिसले कुटपिट गरेको भन्ने खबर आयो । प्रहरी पठाएर स्थिति नियन्त्रणमा लियौं ।’ उनले भने ‘ कुटपीटबाट ६ जना घाईते पनि भएका छन् । घाईतेहरुको भनाईको आधारमा उनी सहित तीन जनालाई नियन्त्रणमा लिएका हौं । संलग्नता थियो, थिएन अनुसन्धान गरिरहेका छौं ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०७९ जेष्ठ ६,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०७९ जेष्ठ ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद