Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

धोविनीमा सामुदायिक सिकाइ केन्द्रको दिगोपनका लागि स्थानीय तहसँग पैरवी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन २४,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पर्साको धोविनी गाउँपालिकामा सामुदायिक सिकाइ केन्द्रको प्रभावकारी सञ्चालन, व्यवस्थापन तथा दिगोपन सुनिश्चित गर्ने उद्देश्यले स्थानीय तहसँग पैरवी तथा समन्वयसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ।

अकाउन्टेबिलिटी ल्याब नेपाल को आर्थिक सहयोग तथा सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साको प्राविधिक सहयोगमा सञ्चालित पहुँच परियोजनाअन्तर्गत धोविनी गाउँपालिकाको आयोजनामा वडा नम्बर ४ स्थित गाउँपालिका भवनमा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा सामुदायिक सिकाइ केन्द्रको वर्तमान अवस्था, सञ्चालन तथा व्यवस्थापनमा सुधार, स्थानीय शिक्षा प्रणालीसँगको आबद्धता र केन्द्रहरूको दिगोपनका लागि आवश्यक नीतिगत तथा संस्थागत सहयोगका विषयमा छलफल गरिएको थियो। सहभागीहरूले सामुदायिक सिकाइ केन्द्रलाई समुदायको आवश्यकता सम्बोधन गर्ने प्रभावकारी माध्यमका रूपमा विकास गर्न स्थानीय सरकार र सरोकारवालाबीच सहकार्य आवश्यक रहेकोमा जोड दिएका थिए।

कार्यक्रमका क्रममा ‘धोविनी गाउँपालिका सामुदायिक सिकाइ केन्द्र सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि, २०८३’ माथि समेत छलफल गरिएको थियो। केन्द्रहरूको व्यवस्थित सञ्चालन, जिम्मेवारीको स्पष्टता, प्रभावकारी व्यवस्थापन तथा संस्थागत सुदृढीकरणलाई लक्षित गरी तयार पारिएको उक्त कार्यविधि छलफलपछि गाउँपालिकालाई हस्तान्तरण गरिएको थियो।

कार्यविधिको कार्यान्वयनबाट सामुदायिक सिकाइ केन्द्रको सञ्चालनलाई व्यवस्थित बनाउन तथा स्थानीय तहबाट आवश्यक सहयोग, स्रोतसाधन र समन्वय सुनिश्चित गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।

सामुदायिक सिकाइ केन्द्रमार्फत नागरिकलाई जीवनोपयोगी सीप सिक्ने अवसर प्रदान गर्ने, सिकाइको पहुँच विस्तार गर्ने तथा औपचारिक शिक्षाबाट टाढा रहेका व्यक्तिहरूलाई समेत सिकाइ प्रक्रियामा जोड्ने विषयमा कार्यक्रममा विशेष जोड दिइएको थियो। केन्द्रहरूको नियमित सञ्चालन र दीर्घकालीन निरन्तरताका लागि स्थानीय सरकारले आवश्यक बजेट, संस्थागत सहयोग तथा कार्यक्रमगत सहकार्य गर्नुपर्ने आवश्यकता पनि औँल्याइएको थियो।

कार्यक्रममा वडाध्यक्षहरू अबास मिया, राजकिशोर प्रसाद कुर्मी, मनाउर अहमद, देवेन्द्र प्रसाद कुर्मी र बन्दु साद तेलीलगायत जनप्रतिनिधिहरूको सहभागिता रहेको थियो। गाउँपालिका उपाध्यक्षका प्रतिनिधि श्याम प्रसाद कुर्मी, शिक्षा शाखा प्रमुख जितेन्द्र प्रसाद चौहान, विभिन्न विद्यालयका प्रधानाध्यापक तथा शिक्षक, बाल क्लबका प्रतिनिधि, अकाउन्टेबिलिटी ल्याब नेपालका प्रतिनिधि र नागरिक समाजका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

त्यसैगरी, सामाजिक संस्था जिल्ला समन्वय समिति, पर्साका कार्यकारी निर्देशक रुपक पाण्डेय तथा साझेदार संस्थाका अमरेश यादव, दिपेश पटेल, अकलेश साह, विशाल गुप्ता, गोविन्द पटेल, निरज पटेल र मुना पटेललगायत सहभागी थिए।

कार्यक्रमले सामुदायिक सिकाइ केन्द्रको सञ्चालन तथा व्यवस्थापनलाई थप व्यवस्थित बनाउन, स्थानीय शिक्षा प्रणालीसँगको सम्बन्ध सुदृढ गर्न र समुदायमा आधारित सिकाइका अवसर विस्तार गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। साथै, स्थानीय सरकार, विद्यालय, नागरिक समाज तथा अन्य सरोकारवालाबीचको समन्वय र सहकार्यलाई संस्थागत गर्दै सामुदायिक सिकाइ केन्द्रलाई दिगो र प्रभावकारी बनाउने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पोखरिया नापीमा गुण्डागर्दी शैलीः हाकिम धम्क्याउने लेखनदास गोढ थुनामा
मुख्य समाचार

पोखरिया नापीमा गुण्डागर्दी शैलीः हाकिम धम्क्याउने लेखनदास गोढ थुनामा

प्रकाशित : २०८३ आश्विन २४,शनिबार
भारी वर्षाले पर्साका तरकारी किसान मारमा, खेतीमा गरेको लगानी डुब्ने चिन्ता
कृषि

भारी वर्षाले पर्साका तरकारी किसान मारमा, खेतीमा गरेको लगानी डुब्ने चिन्ता

प्रकाशित : २०८३ आश्विन २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद