Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

भोटेकोशी बाढीपीडित परिवारलाई वीरगन्ज युवा समाजको राहत

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १८,आईतवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। वीरगन्ज युवा समाजले भोटेकोशी नदीमा आएको बाढीमा परी बेपत्ता भएका सवारी चालक मुन्ना अन्सारीको परिवारलाई घरदैलोमै पुगेर राहत सहयोग गरेको छ।

रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको बाढीपछि बेपत्ता अन्सारी वीरगन्ज महानगरपालिका–२७, उदयपुर घुर्मी ९कोहडी० का स्थायी बासिन्दा हुन्। परिवारको मुख्य आयस्रोत रहेका अन्सारी बेपत्ता भएपछि उनकी श्रीमती रूबी खातुन, चार नाबालक सन्तान तथा वृद्ध आमाबुवालाई आर्थिक तथा मानसिक समस्या परेको परिवारले जनाएको छ।

पीडित परिवारको अवस्थाबारे जानकारी पाएपछि वीरगन्ज युवा समाजको टोली उनीहरूको निवासमै पुगेर खाद्यान्न, लत्ताकपडा, सरसफाइका सामग्री तथा ७ हजार ५ सय ५ रुपैयाँ नगद सहयोग गरेको हो।

राहत हस्तान्तरण गर्दै समाजका अध्यक्ष संजीव थापाले विपद्को समयमा वास्तविक पीडितको घरदैलोमै पुगेर सहयोग गर्नुपर्ने बताए। सरकारी तथा अन्य निकायबाट संकलित राहत सामग्री वास्तविक पीडितसम्म पारदर्शी रूपमा पुर्‍याउनुपर्नेमा उनले जोड दिए।

कार्यक्रम संयोजक मनोज गुप्ताले विपद्को समयमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै अन्य सामाजिक संघसंस्था, दातृ निकाय तथा सहयोगी व्यक्तिलाई प्रभावित परिवारको सहयोगमा अघि आउन आग्रह गरे।

वीरगन्ज युवा समाजले एक साताको अवधिमा गरेको यो दोस्रो राहत वितरण कार्यक्रम हो। समाजले आगामी दिनमा पनि वास्तविक पीडित परिवारको पहिचान गरी सहयोग अभियानलाई निरन्तरता दिने जनाएको छ।

राहत हस्तान्तरण कार्यक्रममा पर्सा जिल्ला फुटबल संघका अध्यक्ष रोशन गुप्ता, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, संस्थाका सचिव विनोद धिमाल, कोषाध्यक्ष सुशील श्रेष्ठ, सल्लाहकार मार्टिन मोक्तानलगायतको उपस्थिति थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा–२ का रास्वपा सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा
मुख्य समाचार

बारा–२ का रास्वपा सांसद सिंहसहित १४ जनाविरुद्ध भेदभाव तथा अपमानजनक व्यवहारको मुद्दा

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
छोरीको पहिलो जन्मदिनमा सराफ परिवारद्वारा नारायणी अस्पतालमा निःशुल्क भोजन
मुख्य समाचार

छोरीको पहिलो जन्मदिनमा सराफ परिवारद्वारा नारायणी अस्पतालमा निःशुल्क भोजन

प्रकाशित : २०८३ आश्विन १८,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद