Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

प्रभु बैंकका सिइओ शर्मासहित चार जनाविरुद्ध मुद्दा दर्ता, पक्राउ पुर्जी जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । कर्जासम्बन्धी विवादमा प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिइओ० सुमन शर्मासहित चार जनाविरुद्ध पर्सा जिल्ला अदालतमा ठगी तथा आपराधिक विश्वासघातको मुद्दा दर्ता भएको छ। अदालतले मुद्दामा अनुपस्थित प्रतिवादीहरूका नाममा पक्राउ पुर्जी जारी गरेको जनाएको छ।

अदालतका सूचना अधिकारी जयनारायण यादवले मुद्दा दर्ता भएको पुष्टि गरेका छन्। शर्माले लक्ष्मी सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका बेला भएको कर्जासम्बन्धी विवादलाई लिएर मुद्दा दायर भएको हो।

अन्य प्रतिवादीमा बैंकको वीरगञ्ज शाखाका तत्कालीन नायब प्रबन्धक केदार सिंह, वरिष्ठ अधिकृत सुबोध जोशी र केन्द्रीय कार्यालयको कर्जा प्रशासनका तत्कालीन प्रमुख तथा नायब प्रबन्धक रवीन्द्र केसी रहेका छन्।

अदालतले शर्मासहित अनुपस्थित प्रतिवादीहरूको पक्राउ पुर्जी तामेलका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा पठाउन निर्देशन दिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक ९एसपी० पवनकुमार भट्टराईले मुद्दाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन्। सभार प्रशासन

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?
मुख्य समाचार

तीन महिनादेखि जलमग्न सडक, कहाँ छन् जनप्रतिनिधि ?

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
पीजी चिकित्सकलाई होस्टेल छाड्न दिएको १२ घण्टे अल्टिमेटम स्थगित
समाचार

सांसद अन्सारीको आरोपप्रति नेशनल मेडिकल कलेजको ध्यानाकर्षण

प्रकाशित : २०८३ आश्विन १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद