Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संविधान दिवसमा ‘प्याब्सन वाणी प्रतिभा २०८३’ हुँदै

२८ विद्यालयका विद्यार्थीबीच वक्तृत्वकलाको प्रतिस्पर्धा, उत्कृष्ट पाँच जनालाई पुरस्कार तथा सम्मान

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन २,शुक्रबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, । संविधान दिवसको अवसर पारेर निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल ९प्याब्सन० पर्सा र वीरगञ्जको आयोजनामा जिल्लास्तरीय वक्तृत्वकला प्रतियोगिता ‘प्याब्सन वाणी प्रतिभा २०८३’ आयोजना हुने भएको छ।

विद्यार्थीहरूमा वक्तृत्वकला, आत्मविश्वास, सिर्जनात्मक अभिव्यक्ति तथा सार्वजनिक प्रस्तुति क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रतियोगिता असोज ३ गते शनिबार बिहान १० बजेदेखि डीएभी स्कुल, वीरगञ्जमा सञ्चालन हुनेछ।

प्रतियोगितामा प्याब्सनमा आबद्ध २८ वटा विद्यालयबाट एक–एक जना विद्यार्थी सहभागी हुने आयोजकले जनाएको छ। विभिन्न विद्यालयबाट छनोट भएर आएका विद्यार्थीले संविधान दिवसको सन्दर्भ तथा समसामयिक विषयवस्तुमा आफ्ना विचार प्रस्तुत गर्दै प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने पाँच जना विद्यार्थीलाई पुरस्कृत तथा सम्मानित गरिनेछ। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीलाई क्रमशः पुरस्कार प्रदान गरिनेछ भने थप दुई जना उत्कृष्ट प्रतियोगीलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको समन्वयको जिम्मेवारी डीएभी स्कुलका प्रधानाध्यापक राकेश मिश्राले सम्हाल्नेछन्। विद्यालय तहमा विद्यार्थीको प्रतिभा पहिचान तथा प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।

प्याब्सनले यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीको शैक्षिक विकाससँगै उनीहरूको व्यक्तित्व निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेको छ। विशेषगरी सार्वजनिक मञ्चमा आफ्ना विचार स्पष्ट, प्रभावकारी र आत्मविश्वासका साथ प्रस्तुत गर्ने क्षमताको विकासमा वक्तृत्वकला प्रतियोगिताले सहयोग पुर्‍याउने आयोजकको विश्वास छ।

संविधान दिवसको अवसरमा आयोजना हुने प्रतियोगिताले विद्यार्थीहरूलाई नेपालको संविधान, लोकतान्त्रिक मूल्य–मान्यता तथा नागरिक दायित्वका विषयमा आफ्ना धारणा प्रस्तुत गर्ने अवसरसमेत प्रदान गर्नेछ।

२८ विद्यालयका विद्यार्थीको सहभागिता रहने भएकाले ‘प्याब्सन वाणी प्रतिभा २०८३’ वीरगञ्जमा विद्यालयस्तरका प्रतिभाशाली वक्ताहरूबीचको प्रतिस्पर्धाका रूपमा रहने आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक
मुख्य समाचार

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

प्रकाशित : २०८३ आश्विन २,शुक्रबार
वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति
आर्थिक

वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति

प्रकाशित : २०८३ आश्विन २,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद