Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्जका कलकारखाना र वर्कसपमा विश्वकर्मा पूजाको विशेष रौनक

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ आश्विन १,बिहीबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — प्रत्येक वर्ष कन्या संक्रान्तिका दिन कालीगढ तथा श्रमिकले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पूजा मनाउने गर्छन्। आज वीरगन्जका कलकारखाना, ग्यारेज, वर्कसप तथा औद्योगिक क्षेत्रमा विश्वकर्मा पूजाको विशेष रौनक देखिएको छ।

वीरगन्जको बसपार्क, बाइपासलगायत क्षेत्रमा रहेका गाडीका ग्यारेज, वर्कसप तथा सोरुममा बिहानैदेखि विश्वकर्माको मूर्ति तथा तस्बिरमा विधिपूर्वक पूजा आराधना गरिएको छ। पर्सा–बारा औद्योगिक करिडोरका विभिन्न उद्योगमा समेत कलकारखाना सजाएर मजदुर तथा कर्मचारीको सहभागितामा पूजा गरिएको छ।

बालुवा तथा अन्य सामग्रीबाट बनाइएका विश्वकर्माका मूर्ति पूजा सम्पन्न भएपछि भोलिपल्ट नदी, खोला, तालतलैया, पोखरी वा अन्य जलाशयमा लगेर विसर्जन गर्ने परम्परा छ।

विश्वकर्मा पूजाका अवसरमा कालीगढ तथा श्रमिकले दैनिक काममा प्रयोग गर्ने औजार, मेसिन तथा उपकरणको समेत पूजा गर्छन्। यस्ता सामग्रीमा पूजा गरेमा औजार लामो समय टिक्ने, कामका क्रममा नबिग्रने र काममा सफलता प्राप्त हुने धार्मिक विश्वास रहेको छ।

धर्मशास्त्रविद् प्राध्यापक तोयराज नेपालका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेको धार्मिक विश्वास छ। एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको मान्यताका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मानिँदै आएको उनले बताए।

प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिने धार्मिक मान्यता छ। विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले भारतको गुजरात राज्यमा समुद्रको बीचमा रहेको विश्वास गरिन्छ।

विश्वकर्मालाई वास्तुविद्या तथा निर्माण कलाका विशिष्ट ज्ञाताका रूपमा पूजा गर्ने परम्परा रहिआएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति
आर्थिक

वीरगन्जको नाका र रित्तो भान्सास् मन्त्री फेरिने, संकट नफेरिने नियति

प्रकाशित : २०८३ आश्विन १,बिहीबार
प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई
खेलकुद

प्याब्सन स्मार्ट माइन्ड्स २०८३ को उपाधि ओम नेसनल एकेडेमीलाई

प्रकाशित : २०८३ आश्विन १,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद