वीरगन्ज — कुशे औंसी तथा बुबाको मुख हेर्ने दिनको अवसरमा वीरगन्जमा लायन्स क्लबहरूले विपन्न तथा आवश्यकतामा रहेका व्यक्तिलाई खाद्यान्न वितरण गरेका छन्। लायन्स क्लब अफ वीरगन्ज क्यापिटल, प्रभु, परिवार र कुटुम्बको संयुक्त आयोजनामा शुक्रबार गीतामन्दिर र गहवामाई मन्दिर परिसरमा ‘अन्नदान कार्यक्रम’ गरिएको हो।
कार्यक्रममा विपन्न तथा खाद्यान्नको आवश्यकता भएका व्यक्तिलाई खाद्य सामग्री वितरण गरिएको आयोजकले जनाएको छ। सामाजिक सेवाको उद्देश्यले आयोजना गरिएको कार्यक्रमले चाडपर्वका अवसरमा विपन्न समुदायलाई सहयोग पुर्याउने अपेक्षा गरिएको छ।
कार्यक्रमको संयोजन लायन्स क्लब अफ वीरगन्ज प्रभुकी अध्यक्ष लायन सरिता सिंहले गरेकी थिइन्। कार्यक्रममा लायन्स क्लब अफ वीरगन्ज परिवारका अध्यक्ष दिगम्बर थापा, क्यापिटलकी अध्यक्ष कविता खड्का, डिस्ट्रिक्ट डिपुटी चिफ सन्जिता प्याकुरेल, रिजन चेयरपर्सन डा। लक्ष्मी थापा, जोन चेयरपर्सन नरोत्तम पाण्डे र डिस्ट्रिक्ट क्याबिनेट अफिसर दिगम्बर गुप्तालगायतको सहभागिता थियो।
त्यस्तै लायन्स क्लब अफ वीरगन्ज पोखरीयाका अध्यक्ष नेजामुदिन समानी, क्यापिटलका सचिव शिवनाथ यादव, एलसीआईएफ संयोजक डा। अरविन्द श्रेष्ठ, चन्दन सिंह, सदस्यता संयोजक निशचल प्रजापति, इश्वरी श्रेष्ठ, प्रभुकी बिन्दिया प्रधान, परिवारका सुदेश लाखेलगायत लायन्स क्लबका पदाधिकारी तथा सदस्य सहभागी थिए।
आयोजकका अनुसार ‘सेवा विथ प्राइड’को भावनाअनुरूप आयोजना गरिएको कार्यक्रममार्फत विपन्न तथा आवश्यकतामा रहेका समुदायलाई सहयोग गर्ने प्रयास गरिएको हो। कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।


