Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

क्यासिनो प्रकरणमा पक्राउ परेका आठै जनामाथि ६ दिन म्याद थप

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र २२,सोमबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्साको सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यसवन्त यादव, प्रहरी निरीक्षक ९इन्सपेक्टर० प्रदीप पौडेलसहित पक्राउ परेका आठै जनामाथि अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय पर्साले ६ दिनको म्याद थप गरेको छ।

वीरगन्जको गण्डकस्थित क्लार्क रिसोर्टमा सञ्चालित गोल्डेन फिगर क्यासिनोबाट नियन्त्रणमा लिइएका उनीहरूमाथि मुलुकी अपराध संहिताबमोजिम गैरकानुनी जुवा तथा सट्टेबाजीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीको विशेष टोलीले क्यासिनोभित्र नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई रंगेहात नियन्त्रणमा लिएको दाबी गरेको छ। पक्राउपछि घटनासँग सम्बन्धित विभिन्न दाबी तथा तर्कहरू सार्वजनिक भइरहेका छन्। प्रहरीले भने यस्ता दाबीले अनुसन्धानलाई विषयान्तर गर्ने तथा अनुसन्धान प्रक्रियालाई प्रभावित पार्ने प्रयास हुन सक्ने आशंका गरेको छ।

सखुवा प्रसौनी गाउँपालिकाका अध्यक्ष यादव क्यासिनोमा जुवा खेल्न नभई इन्सपेक्टर पौडेलको पटक–पटकको फोनपछि मात्रै त्यहाँ पुगेको र आफू पुगेको करिब १९ मिनेटमै प्रहरीको छापा परेको दाबीसमेत सार्वजनिक भएको छ। यद्यपि, प्रहरीले घटनाको वास्तविकता अनुसन्धानबाटै स्पष्ट हुने जनाएको छ।

कानुन कार्यान्वयन गराउने निकायका अधिकारीका अनुसार नेपाली नागरिकलाई क्यासिनो प्रवेश गरी जुवा खेल्न प्रतिबन्ध रहेको अवस्थामा जनप्रतिनिधि र प्रहरी अधिकृतसमेत एकै स्थानमा भेटिनु आफैंमा गम्भीर विषय हो। त्यसैले घटनाको सम्पूर्ण पक्षमाथि निष्पक्ष अनुसन्धान आवश्यक रहेको उनीहरूको भनाइ छ।

अदालतबाट अनुसन्धानका लागि म्याद थप भइसकेकाले प्रहरीले घटनासँग सम्बन्धित सीसीटीभी फुटेज, कल डिटेल रेकर्ड ९ऋम्च्०, क्यासिनोभित्रको गतिविधि तथा पक्राउ परेका व्यक्तिहरूको भूमिकालगायतका विषयमा सूक्ष्म अनुसन्धान गर्ने जनाएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साले कुनै पनि प्रकारको दबाब, प्रभाव वा भ्रामक प्रचारबाट अनुसन्धान प्रभावित नहुने स्पष्ट पारेको छ। घटनाको सत्यतथ्य पत्ता लगाई कानुनबमोजिम निष्पक्ष अनुसन्धान अघि बढाइने प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप
मुख्य समाचार

अमलेखगञ्ज ट्राफिक पोस्टका इन्चार्ज साहमाथि चेकजाँचका नाममा रकम असुलेको आरोप

प्रकाशित : २०८३ भाद्र २२,सोमबार
“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”
धर्म

“भोटेकोशी बाढीपीडितप्रति वीरगञ्ज कपडा बैंकको श्रद्धाञ्जली”

प्रकाशित : २०८३ भाद्र २२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद