Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साबाट ४० जना अझै सम्पर्कविहीन, राहत संकलन केन्द्र स्थापना

प्रशासनद्वारा खाद्यान्न तथा लत्ताकपडा संकलन गरिँदैस प्रभावित क्षेत्रमा २५ सशस्त्र प्रहरी परिचालन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — बाढी–पहिरोका क्रममा पर्साबाट सम्पर्कविहीन भएका ४६ जनामध्ये ६ जना सम्पर्कमा आए पनि अझै ४० जना सम्पर्कविहीन रहेका छन्। जिल्ला प्रशासन कार्यालय पर्साले सम्पर्कविहीनको खोजी तथा प्रभावितका लागि राहत व्यवस्थापनसँगै राहत सामग्री संकलन गर्न केन्द्र स्थापना गरेको छ।

प्रमुख जिल्ला अधिकारी भोला दहालका अनुसार मन्त्रालयको निर्देशनअनुसार जिल्ला प्रशासन कार्यालयमा राहत संकलन केन्द्र स्थापना गरिएको हो। केन्द्रमार्फत खाद्यान्न तथा लत्ताकपडा संकलन गरिनेछ।

दहालका अनुसार बाढी–पहिरोपछि पर्साबाट ४६ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको थियो। तीमध्ये ६ जना परिवार तथा प्रशासनको सम्पर्कमा आइसकेका छन्। अझै ४० जनाको अवस्था अज्ञात रहेको उनले बताए।

सम्पर्कविहीन व्यक्तिका आफन्तलाई उनीहरूको अवस्थाबारे जिल्ला प्रहरी कार्यालय पर्सा वा जिल्ला प्रशासन कार्यालय पर्सामा जानकारी गराउन प्रशासनले आग्रह गरेको छ।

उद्धार तथा राहत व्यवस्थापनका लागि सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण पर्साबाट २५ जना सुरक्षाकर्मी प्रभावित क्षेत्रमा परिचालन गरिएको दहालले जानकारी दिए।

राहत संकलन केन्द्रमा सामग्री आइपुगेन
राहत संकलन केन्द्र स्थापना भए पनि हालसम्म कुनै पनि राहत सामग्री प्राप्त नभएको प्रशासनले जनाएको छ। मंगलबारदेखि केन्द्रमार्फत राहत सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थाको नाम र उनीहरूले उपलब्ध गराउन चाहेको सामग्रीको विवरण संकलन गर्न थालिएको छ।

मन्त्रालयबाट आवश्यक निर्देशन प्राप्त भएपछि संकलित राहत सामग्री सम्बन्धित प्रभावित क्षेत्रमा पठाइने दहालले बताए।

प्रशासनले खाद्यान्न, लत्ताकपडालगायत राहत सामग्री सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई जिल्ला प्रशासन कार्यालय पर्सामा स्थापना गरिएको राहत संकलन केन्द्रमा सम्पर्क गरी आफ्नो नाम र उपलब्ध गराउन चाहेको सामग्रीको विवरण टिपाउन आग्रह गरेको छ।

नगद सहयोग गर्न चाहने व्यक्तिहरूले भने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सिधै रकम जम्मा गर्न प्रशासनले आग्रह गरेको छ।

राहत वितरणलाई व्यवस्थित, प्रभावकारी र पारदर्शी बनाउन एकद्वार प्रणालीमार्फत राहत सामग्री संकलन तथा परिचालन गरिने जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

भोटेकोशी बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग, निर्देशक रुङ्गटाद्वारा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण
आर्थिक

भोटेकोशी बाढीपीडितका लागि जगदम्बा इन्टरप्राइजेजको ५१ लाख सहयोग, निर्देशक रुङ्गटाद्वारा अर्थमन्त्री वाग्लेलाई चेक हस्तान्तरण

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
नेपालमा थप दुई कोरोना संक्रमितको मृत्यु
राजनिती

ई–रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु

प्रकाशित : २०८३ भाद्र १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद