Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

परवानीपुरको महाबिरी झन्डा मेला अव्यवस्थित, बजेट खर्चिए पनि सुधार भएन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ भाद्र १,सोमबार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

परवानीपुर । परवानीपुर बजारमा साउन शुक्लपञ्चमीका दिन लाग्ने महाबिरी झन्डा मेला यस वर्ष पनि अव्यवस्थाको बीच सम्पन्न भएको छ। वर्षौँदेखि निरन्तर लाग्दै आएको मेलाको व्यवस्थापनमा स्थानीय सरकार गठन भएको एक दशक पुग्न लाग्दासमेत उल्लेख्य सुधार हुन नसकेको भन्दै सहभागीहरूले आलोचना गरेका छन्।

मेलामा परवानीपुर बजार क्षेत्रसँगै आसपासका विभिन्न स्थानबाट भक्तजन तथा सर्वसाधारणको भीड लागेको थियो। तर, भीड व्यवस्थापन, सरसफाइ तथा अन्य आधारभूत सुविधाको उचित प्रबन्ध नहुँदा मेला अस्तव्यस्त बनेको सहभागीहरूको गुनासो छ।

कलैया उपमहानगरपालिका–२० का शिवपुजन गुप्ताले हरेक वर्ष मेला लागे पनि यसको व्यवस्थापनमा कुनै परिवर्तन नदेखिएको बताए। उनका अनुसार मेलास्थलमा फोहोर र अव्यवस्था देखिएपछि धार्मिक तथा सांस्कृतिक महत्व बोकेको मेला नै कुरूप देखिएको छ।

“स्थानीय सरकार आएको यतिका वर्ष बितिसक्दा पनि मेलाको व्यवस्थापनमा परिवर्तन आएन,” गुप्ताले भने, “अव्यवस्था र फोहोर देख्दा मन नै विचलित भयो।”

त्यस्तै, विन्दवसनी झौवाका कृष्ण साहले स्थानीय सरकारले मेलाका लागि बजेट दिने गरे पनि त्यसअनुसार मेलाको रौनक र व्यवस्थापनमा सुधार नआएको बताए। उल्टै पछिल्ला वर्षमा मेलाको अवस्था थप बिग्रँदै गएको उनको आरोप छ।

स्थानीय सरकारबाट बजेट विनियोजन हुने गरे पनि त्यसको प्रभाव मेलास्थलमा देखिन नसकेको भन्दै सहभागीहरूले प्रश्न उठाएका छन्। धार्मिक आस्था र स्थानीय पहिचानसँग जोडिएको मेलालाई व्यवस्थित बनाउन खर्च हुने बजेटको प्रभावकारी उपयोग, नियमित सरसफाइ र उचित व्यवस्थापनमा ध्यान दिनुपर्ने उनीहरूको माग छ ।

मेलामा सहभागीहरूले हरेक वर्ष उस्तै समस्या दोहोरिँदा स्थानीय सरकारको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले अर्को वर्षको मेला सुरु हुनुअघि नै आवश्यक योजना बनाएर व्यवस्थापन सुधार गर्न माग गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान
धर्म

विदेशमा रहेका युवाको सहयोगमा सौराहाका तीन धार्मिक स्थलमा घण्टा जडान

प्रकाशित : २०८३ भाद्र १,सोमबार
परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला
धर्म

परवानीपुरमा झिझिया नृत्यको रौनक, लोकसंस्कृति संरक्षणमा जुट्दै महिला

प्रकाशित : २०८३ भाद्र १,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद