Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शिकार खेल्ने क्रममा भरुवा बन्दुकको गोली लागेर एक जनाको मृत्यु, ६ पक्राउ

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २३,शनिबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सल्यान — सल्यानमा शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट चलेको गोली लागेर एक जनाको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आशंकामा प्रहरीले मृतकसँगै शिकार खेल्न गएका ६ जनालाई पक्राउ गरेको छ।

कालिमाटी गाउँपालिका–३ स्थित धरानी सामुदायिक वनमा साउन २२ गते शिकार खेल्ने क्रममा भरुवा बन्दुकबाट गोली चल्दा कालिमाटी गाउँपालिका–२ बराहडुंगा निवासी ६२ वर्षीय टोपबहादुर पुन मगरको मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार शिकार खेल्न गएका उनीहरूकै साथमा रहेको भरुवा बन्दुकबाट गोली चलेको थियो। गोली लागेर पुन मगरको पेटको तल्लो भाग र कम्मरमा चोट लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय कालिमाटी, सल्यानबाट प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनामा प्रयोग भएको भरुवा बन्दुकलगायतका विषयमा अनुसन्धान अघि बढाएको जनाएको छ।

पक्राउ पर्नेमा कालिमाटी गाउँपालिका–३ बल्लेका ५६ वर्षीय मानबहादुर विक, ४३ वर्षीय जुद्रबहादुर रेउले, ३२ वर्षीय खुमेन्द्रबहादुर रेउले, ३५ वर्षीय सेईतराम थापा र ५९ वर्षीय कुलबहादुर बुढाथोकी तथा कालिमाटी गाउँपालिका–२ बराहडुंगाका ७२ वर्षीय पदमबहादुर श्रीस मगर छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ
राष्ट्रिय

खैरो हेरोइन मुद्दाका फरार दुई प्रतिवादी पक्राउ

प्रकाशित : २०८३ श्रावण २३,शनिबार
सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार
राष्ट्रिय

सिरहामा ९१ किलो गाँजासहित एक पक्राउ, चार जना फरार

प्रकाशित : २०८३ श्रावण २३,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद