Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजमा विश्व स्तनपान सप्ताहको अवसरमा शैक्षिक खेलौना प्रदर्शनी

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
A A
0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल, वीरगन्जको नर्सिङ विभागले बिहीबार बालरोग वार्ड परिसरमा शैक्षिक खेलौना प्रदर्शनी तथा स्तनपानसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

‘Breastfeeding for a Sustainable Start in Life: Strengthen What Works’ भन्ने नारासहित आयोजित कार्यक्रमको उद्घाटन अस्पतालका निर्देशक डा. इशरत जहानले गरेकी थिइन्। कार्यक्रममा शैक्षिक खेलौना र विश्व स्तनपान सप्ताहसम्बन्धी पोस्टर प्रदर्शनी गरिएको थियो।

प्रदर्शनीमार्फत बालबालिकाको सिर्जनात्मक क्षमता, बौद्धिक विकास तथा खेलमार्फत सिकाइको महत्त्वबारे जानकारी गराइएको थियो। स्तनपानसम्बन्धी पोस्टरमार्फत आमाहरूलाई सही स्तनपान विधि, शिशुलाई स्तनपान गराउने उचित तरिका तथा शिशुको स्वस्थ विकासमा स्तनपानको महत्त्वबारे सचेतना प्रदान गरिएको थियो।

कार्यक्रममा गौतम स्कुल, नवदीप एकेडेमी, वीरगन्ज पब्लिक स्कुल, लिटल बडी र चिल्ड्रेन मोन्टेसरीका कक्षा १ देखि ५ सम्मका करिब ७६२ विद्यार्थी तथा शिक्षक सहभागी भएका थिए। उनीहरूले शैक्षिक खेलौनाको अवलोकन गर्दै खेल्दै सिक्ने विधि, सिर्जनात्मक सोच र बाल विकासका विविध पक्षबारे जानकारी लिएका थिए।

यस अवसरमा नवप्रसूता आमाहरूलाई मातृ–शिशु सम्बन्ध सुदृढ बनाउन बेबी–मदर फोटो फ्रेमसमेत वितरण गरिएको थियो। यसले अस्पतालमा मातृमैत्री तथा शिशुमैत्री वातावरण प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने अस्पताल प्रशासन, स्वास्थ्यकर्मी, कर्मचारी, सहभागी विद्यालय, शिक्षक, विद्यार्थी, अभिभावक तथा आमाहरूप्रति नर्सिङ विभागले आभार व्यक्त गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विद्यालयमाथि छानविन
मुख्य समाचार

नमूना विद्यालयको रुपमा २४ वटा सामुदायिक विद्यालयलाई विकास गरिने

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
विद्यालयबाहिरका बालबालिकालाई शिक्षामा ल्याउन स्थानीय तहको प्रतिबद्धता
मुख्य समाचार

विद्यालयबाहिरका बालबालिकालाई शिक्षामा ल्याउन स्थानीय तहको प्रतिबद्धता

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद