Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

मृग बचाउन खोज्दा पेट्रोल बोकेको ट्याङ्कर पल्टियो, आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट

by प्रणय साह
प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

रौतहट, पूर्व–पश्चिम राजमार्गअन्तर्गत रौतहटको गुजरा नगरपालिका–३ धनसार पुल नजिक बिहीबार बिहान पेट्रोल बोकेको ट्याङ्कर दुर्घटनापछि आगलागी हुँदा पूर्ण रूपमा जलेर नष्ट भएको छ।

बिहीबार बिहान करिब ५ः३० बजे बाराको अमलेखगञ्जबाट सर्लाहीतर्फ जाँदै गरेको मधेस प्रदेश ०३–००१ ख ७८११ नम्बरको पेट्रोल बोकेको ट्याङ्कर सडकमा आएको मृगलाई बचाउने क्रममा अनियन्त्रित भई सडकको दाहिनेपट्टि पल्टिएको थियो। पल्टिएलगत्तै ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी वसन्त गौतमका अनुसार सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट डीएसपी सत्यनारायण थापाको नेतृत्वमा १० जना तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय चपुरबाट इन्स्पेक्टर राजेन्द्र थापा मगरको नेतृत्वमा ५ जना गरी १५ सदस्यीय प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

चन्द्रपुर नगरपालिका र बाराको निजगढ नगरपालिकाको दमकलको सहयोगमा बिहान करिब ६ः५० बजे आगो पूर्ण रूपमा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

आगलागीबाट ट्याङ्कर पूर्ण रूपमा क्षति भए पनि कुनै मानवीय क्षति भएको छैन। साथै, पूर्व–पश्चिम राजमार्गमा सवारी आवागमन सामान्य रूपमा सञ्चालन भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा संलग्न ट्याङ्कर चालक बारा जिल्लाको सिमरा उपमहानगरपालिका–११ निवासी २५ वर्षीय समिर गुरुङलाई ट्राफिक प्रहरी कार्यालय चपुरको नियन्त्रणमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु
शिक्षा

पर्सामा राजसंस्थाको समर्थनमा हस्ताक्षर अभियान सुरु

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
वीरगञ्जमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ
मुख्य समाचार

वीरगञ्जमा ग्याँस ट्याङ्करले ई–रिक्सालाई ठक्कर दिँदा ९ जना घाइते, चालक मादक पदार्थ सेवन गरेको अवस्थामा पक्राउ

प्रकाशित : २०८३ श्रावण २१,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद