Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा शिक्षक दिवस मनाइयो

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ श्रावण १३,बुधबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज — वीरगन्जस्थित कञ्चनजङ्घा इङ्ग्लिस स्कुलमा कक्षा १० का विद्यार्थीहरूको आयोजनामा शिक्षक दिवस २०८३ विविध कार्यक्रमका साथ मनाइएको छ।

विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थीहरूले आफ्ना शिक्षकप्रति सम्मान, कृतज्ञता र शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा शिक्षकहरूको योगदानको प्रशंसा गर्दै विद्यार्थीहरूले सांस्कृतिक तथा अन्य प्रस्तुति पनि दिएका थिए।

कार्यक्रममा ‘A good teacher inspires hope, ignites imagination, and instills a love of learning’ भन्ने सन्देश प्रस्तुत गर्दै शिक्षकले विद्यार्थीमा आशा जगाउने, सिर्जनशीलता विकास गराउने र सिकाइप्रति रुचि जगाउने भूमिका निर्वाह गर्ने उल्लेख गरिएको थियो। साथै ‘Thank you for guiding us, inspiring us and believing in us’ भन्दै शिक्षकहरूप्रति आभार व्यक्त गरिएको थियो।

विद्यालयका निर्देशक मार्टिन मोक्तानको अध्यक्षतामा भएको कार्यक्रममा सामाजिक अभियन्ता कमल चौगाईं प्रमुख अतिथि थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साका पूर्व उपाध्यक्ष युवराज खड्का, वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, सामुदायिक प्रहरी कुम्हालटोलका सचिव श्रवणबहादुर रायमाझी, नेत्रहीन क्रिकेट संघ मधेश प्रदेशका अध्यक्ष महेश साह, सुमार्ग बिन्दु आमा फाउन्डेसनकी अध्यक्ष प्रतिभा कोइराला तथा सञ्चारकर्मी युवराज केसरी, प्रणयकुमार, जाकिर हुसेन र अभिलाष गुप्तालगायतको सहभागिता रहेको थियो।

विद्यालयका अनुसार हरेक वर्ष गुरु पूर्णिमाको अवसरमा शिक्षक दिवस मनाउने परम्पराले विद्यार्थी र शिक्षकबीचको सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै सिकाइ–सिकाउने वातावरणलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द
मुख्य समाचार

वडाध्यक्ष पक्राउको विरोधमा वीरगन्जका सबै वडा कार्यालय बन्द

प्रकाशित : २०८३ श्रावण १३,बुधबार
चिकित्सक आन्दोलनपछि पर्साका प्रहरी प्रमुख फेरिए ,भट्टराईले पाए पर्साको जिम्मेवारी
मुख्य समाचार

चिकित्सक आन्दोलनपछि पर्साका प्रहरी प्रमुख फेरिए ,भट्टराईले पाए पर्साको जिम्मेवारी

प्रकाशित : २०८३ श्रावण १३,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद