वीरगन्ज — वीरगन्ज कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका एभरेष्ट सेक्सनका विद्यार्थीलाई प्रभावकारी बोल्ने कलासम्बन्धी ९ईपीएस० प्रशिक्षण दिएको छ।
विद्यार्थीहरूको आत्मविश्वास अभिवृद्धि गर्दै व्यक्तित्व विकास गर्ने उद्देश्यले पाठ्यक्रमबाहेक कलेजले सञ्चालन गरेको अतिरिक्त कार्यक्रमअन्तर्गत उक्त तालिम आयोजना गरिएको हो।
एपेक्स म्यानेजमेन्ट कलेजको सभाहलमा आयोजित कार्यक्रमको उद्घाटन कलेज सञ्चालक समितिका अध्यक्ष डा। दीपेन्द्रकुमार चौधरीले गरेका थिए। उद्घाटनका क्रममा उनले प्रतिस्पर्धात्मक युगमा आत्मविश्वास र व्यक्तित्व विकासको महत्त्व उल्लेख गर्दै प्रभावकारी सञ्चार सीपले विद्यार्थीलाई भविष्यको प्रतिस्पर्धी बजारमा सफल बन्न सहयोग गर्ने बताए।
क्याम्पस प्रमुख विनोद गुप्ताले विद्यार्थीहरूलाई अनुशासित, धैर्यवान र सिकेका ज्ञान तथा अनुभवलाई व्यवहारमा उतार्न आग्रह गरे। उनले व्यक्तित्व तथा नेतृत्व विकासका आधारभूत विषय र व्यावहारिक अभ्यासबारे प्रशिक्षण दिएका थिए।
गुप्ताकै अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक क्याम्पस प्रमुख रुदल ठाकुर, सञ्चारकर्मी नीरज पिठाकोटे, तुलसी भण्डारी, मनोज पटेल र प्रणय साहले शुभकामना व्यक्त गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न विद्यार्थीलाई सुझाव दिएका थिए।
कलेजका अनुसार कक्षा ११ का विभिन्न सेक्सनका विद्यार्थीलाई छुट्टाछुट्टै दिनमा तालिम सञ्चालन गरिएको छ। सबै विद्यार्थीलाई एकैपटक सहभागी गराउँदा भीड बढ्ने र सिकाइको प्रभावकारिता घट्न सक्ने भएकाले अलग–अलग समूहमा प्रशिक्षण दिइएको हो।
कार्यक्रमको सञ्चालन कृष्ण पासवानले गरेका थिए भने स्वागत मन्तव्य सञ्चालक समिति सदस्य तथा प्रशासन प्रमुख सुरेशप्रसाद चौधरीले दिएका थिए। कार्यक्रममा फ्याकल्टी सदस्य राजेश्वरप्रसाद चौधरी, दीपेशकुमार दासलगायतको उपस्थिति रहेको थियो।



