Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजको बीबीएमा उद्योग–मैत्री सिकाइलाई प्राथमिकता

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार १५,सोमबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। गुणस्तरीय तथा व्यवहारमुखी शिक्षाप्रति आफ्नो प्रतिबद्धतालाई निरन्तरता दिँदै एपेक्स म्यानेजमेन्ट कलेजले ब्याचलर्स अफ बिजनेस एडमिनिस्ट्रेशन (बीबीए) कार्यक्रमअन्तर्गत अतिरिक्त क्रियाकलाप (ECA Series) सफलतापूर्वक सञ्चालन गरिरहेको जनाएको छ।

विद्यार्थीलाई शैक्षिक पाठ्यक्रममा मात्र सीमित नराखी वास्तविक कार्यक्षेत्रसँग परिचित गराउने उद्देश्यले कलेजले प्रत्येक सेमेस्टरमा तीन वटा व्यावहारिक कार्यक्रम सञ्चालन गर्ने नीति अवलम्बन गरेको जनाएको छ।

कलेजका सञ्चालक समिति अध्यक्ष डा. दीपेन्द्र कुमार चौधरीका अनुसार नियमित कक्षा, प्रस्तुतीकरण, बैंक तथा औद्योगिक भ्रमण र शैक्षिक अवलोकनसँगै सञ्चालन हुने यी कार्यक्रमहरूले विद्यार्थीको व्यावसायिक क्षमता, सञ्चार सीप, नेतृत्व कला, प्राविधिक ज्ञान तथा व्यावहारिक बुझाइ अभिवृद्धिमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन्।

उनका अनुसार शैक्षिक सत्र २०८३ अन्तर्गत बीबीए दोस्रो सेमेस्टरका ‘वर्कसप अन इफेक्टिभ पब्लिक स्पिकिङ’ (जेठ २३) र ‘वर्कसप अन ईआरपी एकाउन्टिङ सफ्टवेयर’ (असार १३) सम्पन्न भइसकेका छन्। त्यसैगरी चौथो सेमेस्टरअन्तर्गत ‘वर्कसप अन लिगल एन्ड एडमिनिस्ट्रेटिभ प्रोसिड्युर’ पनि जेठ ३० गते सम्पन्न भएको छ।

कलेजले बाँकी कार्यक्रमहरूको तालिका पनि सार्वजनिक गरेको छ। तालिका अनुसार चौथो सेमेस्टरका लागि ‘वर्कसप अन प्रपोजल एन्ड रिपोर्ट राइटिङ’ असार २७ गते तथा ‘वर्कसप अन एडभान्स्ड एमएस एक्सेल एन्ड एसपीएसएस’ साउन २३ गते सञ्चालन हुनेछ। दोस्रो सेमेस्टरका विद्यार्थीका लागि ‘वर्कसप अन बिजनेस क्यानभास मोडल’ साउन ९ गते आयोजना गरिनेछ।

कलेज प्रशासनका अनुसार यी कार्यशालामार्फत विद्यार्थीलाई उद्योग, बैंकिङ, प्रशासन, उद्यमशीलता तथा कर्पोरेट क्षेत्रमा आवश्यक पर्ने व्यावहारिक ज्ञान र आधुनिक प्रविधिबारे प्रत्यक्ष सिकाइ प्रदान गरिनेछ। प्रत्येक कार्यक्रममा सम्बन्धित क्षेत्रका अनुभवी उद्योग विज्ञ, व्यावसायिक व्यक्तित्व तथा विषय विशेषज्ञलाई आमन्त्रण गरी उनीहरूको अनुभव विद्यार्थीसँग साझा गराइने व्यवस्था गरिएको छ।

कलेजका अनुसार बीबीए अध्ययन गर्ने प्रत्येक विद्यार्थीले चार वर्षे आठ सेमेस्टरको अध्ययन अवधिमा कुल २४ वटा व्यावहारिक कार्यक्रममा सहभागी हुने अवसर पाउनेछन्। यसबाट विद्यार्थीले शैक्षिक डिग्रीसँगै रोजगारी, उद्यमशीलता र उच्च शिक्षाका लागि आवश्यक व्यावसायिक दक्षता हासिल गर्ने विश्वास कलेजले लिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण
राष्ट्रिय

सगरमाथा स्कुलमा विद्यार्थी नेतृत्व विकास कार्यक्रम, जिम्मेवारीसहित ब्याच वितरण

प्रकाशित : २०८३ असार १५,सोमबार
कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित
मुख्य समाचार

कक्षा १२ मा तीन जिल्लामै उत्कृष्ट बनेकी छात्रा कुसुम खातुन सम्मानित

प्रकाशित : २०८३ असार १५,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद