Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नारायणी अस्पतालमा निःशुल्क भोजन सेवालाई खाद्यान्न सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ६,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वीरगञ्जस्थित नारायणी अस्पताल परिसरमा विगत तीन वर्षदेखि सञ्चालन हुँदै आएको निःशुल्क भोजन सेवा कार्यक्रमलाई श्री सत्य साई सेवा केन्द्र वीरगञ्ज–पर्साले खाद्यान्न सहयोग गरेको छ।

प्रत्येक शनिबार बिहान सञ्चालन हुने उक्त भोजन सेवा कार्यक्रमअन्तर्गत अस्पतालमा उपचाररत बिरामी, कुरुवा, असहाय तथा श्रमिक वर्गलाई निःशुल्क भोजन वितरण गरिँदै आएको छ। कार्यक्रमको तेस्रो वर्षको तेस्रो महिनाको पहिलो साता पनि भोजन सेवा निरन्तर सञ्चालन गरिएको आयोजकले जनाएको छ।

वीरगञ्ज समाज सेवाद्वारा सञ्चालित कार्यक्रममा सहभागीहरूलाई भात, दाल, आलु–काउलीको तरकारी, हरियो खुर्सानीको अचार तथा काक्रोसहितको शुद्ध शाकाहारी भोजन प्रदान गरिएको थियो।

समाजका अध्यक्ष अशोक गुप्ताले ‘सेवा नै धर्म हो’ भन्ने मूलमन्त्रका साथ तीन वर्षअघि माइस्थान मन्दिर परिसरबाट सेवा अभियान सुरु गरिएको स्मरण गर्दै हाल नारायणी अस्पतालमा नियमित रूपमा भोजन सेवा सञ्चालन भइरहेको बताए। उनले अस्पतालमा उपचारका लागि आउने विपन्न तथा असहाय व्यक्तिलाई घरजस्तै स्वादिलो र पोषणयुक्त खाना उपलब्ध गराउन पाउँदा सन्तुष्टि मिल्ने उल्लेख गरे।

गुप्ताले श्री सत्य साई सेवा केन्द्रले दोस्रो पटक चामल, दाल, तेल, आलुलगायत खाद्यान्न सामग्री सहयोग गर्नुका साथै कार्यक्रममा प्रत्यक्ष सहभागिता जनाएको भन्दै आभार व्यक्त गरे।

श्री सत्य साई सेवा संगठन पर्साका अध्यक्ष कर्णले असहाय र पीडितहरूको सेवामा लाग्ने हातहरू समाजका लागि प्रेरणाको स्रोत हुने बताए। नारायणी अस्पतालमा सञ्चालन भइरहेको भोजन सेवाले विपन्न बिरामी र उनीहरूका कुरुवालाई राहत पुगेको उल्लेख गर्दै आगामी दिनमा पनि सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

अशोक गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्री सत्य साई सेवा संगठनका पदाधिकारी तथा सदस्यहरू, सामाजिक अभियन्ता लालबाबु सिंहलगायत वीरगञ्ज समाज सेवाका सदस्यहरूले भोजन वितरणमा सहयोग गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८३ असार ६,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८३ असार ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद