Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा चालकहरूको निःशुल्क आँखा परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ असार ६,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — ट्राफिक जनचेतनामूलक सप्ताह कार्यक्रम–२०८३ अन्तर्गत वीरगञ्जमा चालकहरूको निःशुल्क आँखा परीक्षण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरिएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साको आयोजनामा वीरगञ्ज नयाँ बसपार्कमा सञ्चालन गरिएको कार्यक्रममा सार्वजनिक तथा निजी सवारीसाधनका चालकहरूको निःशुल्क आँखा परीक्षण गरिएको थियो। साथै सुरक्षित सवारी सञ्चालन, ट्राफिक नियमको पालना तथा सडक दुर्घटना न्यूनीकरण सम्बन्धी जनचेतनामूलक जानकारी प्रदान गरिएको आयोजकले जनाएको छ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी निरीक्षक दीपेन्द्र श्रेष्ठले ट्राफिक सप्ताह अन्तर्गत विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन भइरहेको जानकारी दिए। सुरक्षित यात्राका लागि चालकहरूको स्वास्थ्य अवस्था, विशेषगरी दृष्टि क्षमता महत्वपूर्ण हुने भएकाले आँखा परीक्षण कार्यक्रम आयोजना गरिएको उनले बताए।

कार्यक्रमका प्रमुख अतिथि मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले सडक सुरक्षाका लागि चालक, यात्रु तथा सर्वसाधारण सबैको साझा जिम्मेवारी रहने उल्लेख गर्दै ट्राफिक नियमको पूर्ण पालना गर्न आग्रह गरे।

कार्यक्रममा ग्रीनसिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतान, जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्की, वीरगञ्ज महानगरपालिका–४ का वडाध्यक्ष जगत साह कानुलगायत विभिन्न संघसंस्थाका प्रतिनिधि, प्रहरी अधिकारी तथा चालकहरूको उपस्थिति रहेको थियो।

आयोजकका अनुसार कार्यक्रमले चालकहरूलाई आफ्नो दृष्टि अवस्था परीक्षण गराउने अवसर प्रदान गर्नुका साथै ट्राफिक नियमप्रति थप सचेत बन्न सहयोग पुगेको छ। ट्राफिक सप्ताह अवधिभर यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिइने जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८३ असार ६,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८३ असार ६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद