Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

यातायात कार्यालय विवाद – कर्मचारीमाथि भ्रष्टाचारको आरोप, उजुरीकर्तामाथि अभद्र व्यवहार मुद्दा

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। पर्सा यातायात व्यवस्था कार्यालयमा गत बिहीबार भएको विवादपछि कार्यालय प्रमुख कुशेश्वर साह तेली र सेवाग्राही हरिवंश प्रसाद गुप्ताबीचको घटनाले नयाँ मोड लिएको छ।

हरिवंश प्रसाद गुप्ताले कार्यालयमा काम विशेषले जाँदा प्रमुख कुशेश्वर साह तेलीसँग भनाभन भएको र सो क्रममा आफूलाई ज्यान मार्ने धम्की दिइएको आरोप लगाएका छन्। उक्त आरोपसहितको भिडियो उनले सोही दिन आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए। सो भिडियो विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा समेत प्रसारित भएको छ।

यसैबीच, यातायात व्यवस्था कार्यालयको मोटरसाइकल फाँटमा अनियमितता भइरहेको दाबी गर्दै केही भिडियो सार्वजनिक भएका छन्। ती भिडियोमा कार्यालयभित्र बिचौलियामार्फत सवारी साधनको नामसारी तथा सनाखत प्रक्रिया गराइएको, केही व्यक्तिलाई कोठाभित्र राखी कागजी प्रक्रिया पूरा गराइएको लगायतका विषय उल्लेख गरिएको छ।

हरिवंश प्रसाद गुप्तालाई अभद्र व्यवहार सम्बन्धी मुद्दामा नियन्त्रणमा लिइएको छ। उनका समर्थक तथा केही स्थानीयले भने भ्रष्टाचारसम्बन्धी सामग्री सार्वजनिक गरेकै कारण प्रतिशोधस्वरूप उनलाई मुद्दामा फसाइएको आरोप लगाएका छन्। यद्यपि यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिक पुष्टि हुन बाँकी रहेको छ।

स्थानीय तहमा कार्यालय प्रमुखमाथि उठेका आरोपबारे छानबिन हुनुपर्ने माग उठिरहेको छ। साथै हरिवंशमाथि दर्ता गरिएको अभद्र व्यवहार मुद्दा र उनीद्वारा लगाइएका धम्कीसम्बन्धी आरोपको निष्पक्ष तथा स्वतन्त्र अनुसन्धान हुनुपर्ने आवाज समेत उठ्न थालेको छ।

यातायात कार्यालयभित्र बिचौलियाको संलग्नतामा सेवाप्रवाह भइरहेको भन्ने आरोपहरू सार्वजनिक भइरहेका बेला सम्बन्धित निकायले सत्यतथ्य छानबिन गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुपर्ने सरोकारवालाहरूको माग रहेको छ।

यद्यपि कार्यालय प्रमुख कुशेश्वर साह तेलीमाथि लगाइएका आरोप तथा हरिवंश प्रसाद गुप्ताविरुद्ध दर्ता गरिएको अभद्र व्यवहार मुद्दाको वास्तविकता सम्बन्धित निकायको निष्पक्ष अनुसन्धानबाट मात्रै पुष्टि हुन सक्ने देखिन्छ।

हाल देखिएको घटनाक्रमले सार्वजनिक निकायमा सुशासन, पारदर्शिता तथा उत्तरदायित्वको विषयमा पुनः बहस सिर्जना गरेको छ। सभार ज्योति दैनिक अनलाइनबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सिटिजन्स बैंकद्वारा जनजाति कल्याण आश्रमका ३२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग
आर्थिक

सिटिजन्स बैंकद्वारा जनजाति कल्याण आश्रमका ३२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्वाचित
राजनिती

रास्वपा पर्साको जिल्ला सभापतिमा हरि पन्त निर्वाचित

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद