Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

वीरगञ्जमा निःशुल्क आँखा परीक्षण तथा चश्मा वितरण कार्यक्रम सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज, ०५ जेठ ।
श्री नेपाल नेत्रज्योति संघ पर्साको आयोजनामा वीरगञ्ज महानगरपालिका–९ स्थित श्री नेपाल रेल्वे माध्यमिक विद्यालयमा निःशुल्क आँखा परीक्षण, चश्मा तथा औषधि वितरण कार्यक्रम सम्पन्न भएको छ।

विद्यालयका प्रधानाध्यापक प्रभु रौनियारको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाल नेत्रज्योति संघ पर्साका उपसभापति मदन प्रसाद गुप्ताले विद्यार्थीहरूलाई चश्मा तथा औषधि वितरण गर्दै कार्यक्रमको उद्घाटन गरेका थिए।

कार्यक्रममा विद्यालयका विद्यार्थी तथा शिक्षक गरी करिब १४६ जना लाभान्वित भएका थिए। आँखा परीक्षणपछि आवश्यकताअनुसार निःशुल्क औषधि र चश्मासमेत वितरण गरिएको आयोजकले जनाएको छ।

कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको अवसरमा विद्यालयका प्रधानाध्यापक प्रभु रौनियारसहित सरस्वती सिंह, सन्तोष कुमार कर्ण, महन्थ प्रसाद यादव, गोबिन्द कुमार पटेल, खुश्बु कुमारी गुप्ता, अभिनास कुमार सिंह र शिवानी साहलगायतले नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला शाखा परिवारलाई धन्यवाद ज्ञापन गर्दै कदरपत्र प्रदान गरेका थिए।

त्यसैगरी कार्यक्रममा संघका निवर्तमान सभापति सचिव सिताराम उपाध्याय, उमेश गुप्ता, गणेश प्रसाद साह, मधुसूदन उपाध्यायलगायतको उपस्थिति रहेको थियो। नेत्र सहायक अञ्जली चौधरी र अरुण कुमारले प्राविधिक सहयोग गरेका थिए।

नेपाल नेत्रज्योति संघ पर्सा जिल्ला कार्यसमिति सदस्य राजन श्रीवास्तवका अनुसार यस्ता स्वास्थ्यसम्बन्धी सामाजिक कार्यक्रमले विद्यार्थी तथा समुदायमा आँखा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश
मुख्य समाचार

पूर्वमन्त्री राजकुमार गुप्तालाई धरौटीमा छाड्न सर्वोच्चको आदेश

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान
राष्ट्रिय

लालपर्सामा क्षयरोग स्क्रीनिङ कार्यक्रम सम्पन्न, २३ जना शंकास्पद बिरामी पहिचान

प्रकाशित : २०८३ जेष्ठ ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद