Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बाराको होटलमा एक युवती मृत फेला, तीन जना पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २६,शनिबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा,। बाराको निजगढ–९ बुद्ध चोकस्थित गुरुङ होटलमा शुक्रबार राति एक युवती मृत फेला परेकी छन् । निजगढ–१२ घर भएकी २५ वर्षीया सीता थिङ्ग गुरुङ होटलको कोठाभित्रै शुक्रबार राति मृत फेला परेकी हुन् ।

उक्त घटनामा प्रहरीले निजगढ–९ की १८ वर्षीया अनु सुनार, जीतपुरसिमरा–१६ का ३५ वर्षीय महेश ओझा र ३६ वर्षीय सुनिल बम्जनलाई अनुसन्धानका लागि पक्राउ गरेको छ ।

प्रहरीका अनुसार, सीता आफ्ना अन्य तीन जना साथी अनु, महेश र सुनिलसंगै शुक्रबार राति होटलमा आएकी थिईन् । राति ११ बजे अचेत अवस्थामा भेटिएकी उनलाई तत्कालै निजगढस्थित सामुदायिक अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए ।

उनको घाँटीमा दाग देखिएकाले मृत्यु शंकास्पद रहेको बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले जानकारी दिएका छन् ।

प्रहरीका अनुसार सीता महेशसँग होटलमा आएकी थिईन् । सीतासँग निजगढकी अर्की अनु र सुनिल टांगियाबस्तीका अर्का एक पुरुष साथी पनि साथमा थिए ।

राति करिब साढे सात बजे उनीहरु होटलमा प्रवेश गरेको सीसीटिभी क्यामेराको फुटेजमा देखिएको छ । उनीहरुले होटलमा बसेर मदिरा पिएको र खाना खाएपछि छुट्टाछुट्टै कोठामा गएका थिए । महेश र सीता एउटा कोठामा र अर्का दुई साथी अर्को कोठामा थिए ।

राति करिब ११ बजे महेशले अर्को कोठामा रहेकी सीताकी साथीलाई बोलाउँछन् । सीताले बाथरुममा झुण्डिने प्रयास गरेको र आफू एम्बुलेन्स बोलाउन जाने भन्दै महेश होटलबाट बाहिर निस्किएर मोटरसाइकल लिएर फरार हुन्छन् । महेशले होटल सञ्चालकलाई समेत साथी बिरामी भएकाले एम्बुलेन्स लिन जान लागेको बताउँछन् ।

महेशसँगै आएका अर्का युवक सुनिल सीतालाई अचेत देखेपछि फरार हुन्छन् । घटनास्थलमा रहेकी सीताकी साथी अनुले होटल सञ्चालकलाई खबर गर्छिन् र होटल सञ्चालकले तत्काल प्रहरीलाई बोलाउँछन् ।

खबर पाएलगत्तै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक जिवन लामिछानेको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुग्छ । जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक नरेन्द्र कुँवर समेत रातिनै कलैयाबाट निजगढ पुग्छन् ।

घटनास्थलमा रहेकी सीताकी साथीलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान सुरु गर्छ । सीताकी साथी अनुले प्रहरीलाई घटनाको यथार्थ बताउँछिन् । प्रहरीले तत्कालै महेशको खोजी सुरु गर्छ । घटनास्थलबाट फरार भएका महेशलाई खोज्दै प्रहरी उनको गाउँ टांगियाबस्ती पुग्छ । त्यही क्रममा जंगलको बीचमा महेशसँगै होटलमा आएका अर्का युवक सुनिल पनि पक्राउ पर्छन् ।

महेश भने टांगियाबस्तीस्थित घरमा भेटिदैनन् । प्रहरीले निजगढ नगरपालिका ७ माझी टोलस्थित उनको आफन्तको घरबाट महेशलाई शनिबार बिहान ४ बजे पक्राउ गर्छ । प्रहरीले हाल तीनै जनालाई नियन्त्रणमा राखेको छ । मृतक सीताको शव शल्य परीक्षणका लागि पठाएको छ । बाराका प्रहरी प्रवक्ता पण्डितले शल्यपरीक्षण रिपोर्टले मृत्युको कारण खुल्ने बताए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद
राष्ट्रिय

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित
मुख्य समाचार

पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित

प्रकाशित : २०८३ बैशाख २६,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद