Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

बरहथवाको बालविवाह प्रहरीले रोक्यो

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २५,शुक्रबार
A A
file photo

file photo

0
SHARES
2
VIEWS
Share on FacebookShare on Twitter

सर्लाही । सर्लाहीको बरहथवामा प्रहरीले १६ वर्षकी एक बालिकाको विवाह रोकेको छ । बरहथवा नगरपालिका–६, मुसहर बस्तीमा बालविवाह हुन लागेको सूचना पाएपछि त्यहाँ पुगेको प्रहरीले विवाह रोकेको हो ।

१६ वर्षकी बालिकाको आउने आइतबार सर्लाहीकै चन्द्रनगर गाउँपालिका–४, पोखरियामा विवाहको कार्यक्रम तय भएको थियो । स्थानीयबाट बालविवाह हुन लागेको सूचना पाएपछि अभिभावकलाई सम्झाइबुझाइ गरी विवाह रोकिएको इलाका प्रहरी कार्यालय बरहथवाका महिला तथा बालबालिका, ज्येष्ठ नागरिक सेवा केन्द्रका इन्चार्ज एवं प्रहरी निरीक्षक सुष्मा कठायतले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रहरीसहित वडाध्यक्ष, कर्मचारीलगायत गएर बालविवाह नगर्न–नगराउन सचेत गराइएको छ । २० वर्ष पुगेपछि मात्र विवाह गर्न पाउने कानुनी प्रावधान रहेको छ ।

कानुन अनुसार २० वर्ष पुगेपछि मात्र विवाह गर्न सचेतना जगाउँदै अहिले विद्यालयमा पुगेर जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आइरहेको प्रहरी निरीक्षक कठायतले बताउनुभयो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद
राष्ट्रिय

बारा र पर्सामा सशस्त्र प्रहरीको छापा – तस्करीको १४ लाख बढीको सामान बरामद

प्रकाशित : २०८३ बैशाख २५,शुक्रबार
पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित
मुख्य समाचार

पर्सागढीको बढनियारमा आयोजित निःशुल्क स्वास्थ्य शिविरबाट २ सय ५० जना लाभान्वित

प्रकाशित : २०८३ बैशाख २५,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद