Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चितवन राष्ट्रिय निकुञ्जमा सुरक्षाकर्मीको गोली लागेर पोथी गैँडाको मृत्यु, एक सिपाही गम्भीर घाइते

by प्रणय साह
प्रकाशित : २०८२ चैत्र २८,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

चितवन:
भित्र सुरक्षाकर्मीले चलाएको गोली लागेर एक पोथी गैँडाको मृत्यु भएको छ। निकुञ्ज सुरक्षामा खटिएको टोलीमाथि आक्रमण गरेपछि प्रतिकारस्वरूप चलाइएको गोली लाग्दा करिब २४ वर्ष उमेरको गैँडाको घटनास्थलमै मृत्यु भएको निकुञ्जले जनाएको छ।

निकुञ्जका अनुसार अर्धवयस्क बच्चासहितको आमा गैँडासँग गस्ती टोलीको जम्काभेट भएको थियो। त्यसक्रममा गैँडाले सुरक्षाकर्मीमाथि आक्रमण गरेको र टोलीले भाग्ने प्रयास गर्दा पनि गैँडाले लखेट्न नछोडेको बताइएको छ।

सुरक्षाकर्मीले सुरुमा १० राउन्ड हवाइ फायरिङ गरेका थिए। तर त्यसपछि पनि आक्रमण नरोकिएपछि गैँडाले गस्तीमा रहेका सिपाही विकास घर्तीलाई लडाएर लछारपछार गर्न थालेको थियो।

घाइते सिपाहीको ज्यान जोगाउन अन्य सुरक्षाकर्मीले थप दुई राउन्ड गोली चलाएका थिए। सो क्रममा गैँडाको पेटभन्दा माथि करङ क्षेत्रमा गोली लाग्दा घटनास्थलमै मृत्यु भएको सूचना अधिकारी थापा मगरले जानकारी दिए।
निकुञ्जका प्राविधिक टोलीले मृत गैँडाको पोस्टमार्टम गरिसकेको छ। निकुञ्जका अनुसार गैँडाको खाग र खुर सुरक्षित अवस्थामा रहेका छन्।

घटनामा गैँडाको आक्रमणबाट सिपाही विकास घर्ती गम्भीर घाइते भएका छन्। उनको ढाड, कम्मरलगायत शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ। हाल उनको काठमाडौंस्थित को सघन उपचार कक्षमा उपचार भइरहेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग
आर्थिक

वीरगञ्जका ट्रेड युनियनद्वारा उद्योग वाणिज्य संघको ध्यानाकर्षण, श्रमिक अधिकार र न्यूनतम ज्याला कार्यान्वयनको माग

प्रकाशित : २०८२ चैत्र २८,शनिबार
बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण
मुख्य समाचार

बालविकास कक्षाका लागि उपकार सेवा नेपालको सहयोगमा सिलिङ फ्यान हस्तान्तरण

प्रकाशित : २०८२ चैत्र २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद