Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा डिजिटल प्रविधियुक्त आधुनिक स्नान तथा शौचालय भवन उद्घाटन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २३,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — जिल्ला प्रहरी कार्यालय पर्सामा प्रहरी कर्मचारीहरूको सुविधा, स्वच्छता तथा स्वास्थ्य प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गरिएको आधुनिक स्नान तथा शौचालय भवन उद्घाटन गरिएको छ।

“स्वच्छता नै स्वास्थ्यको आधार हो” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै नेपालमै पहिलो पटक डिजिटल प्रविधियुक्त अत्याधुनिक शौचालय निर्माण गरिएको उक्त भवन सोमबार एक विशेष कार्यक्रमबीच उद्घाटन गरिएको हो।

उद्घाटन कार्यक्रममा प्रहरी उपरीक्षक सुदीप राज पाठकको प्रमुख आतिथ्यता तथा कार्यालयमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा बोल्दै प्रहरी उपरीक्षक पाठकले यस्तो पूर्वाधारले प्रहरी कर्मचारीहरूको स्वास्थ्य, स्वच्छता र कार्यक्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे।

उक्त भवन निर्माण कार्यमा सहयोग पुर्‍याउने रुङ्गटा वेलफेयर सोसाइटी र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरप्रति उनले विशेष आभार व्यक्त गरे।

कार्यक्रममा ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, रुङ्गटा वेलफेयर सोसाइटीका कोषाध्यक्ष सुरेश रुङ्गटा, लायन्स क्लब आदर्शनगरका प्रकाश बाहेती, जिल्ला प्रहरी कार्यालय पर्साका हरि बहादुर तथा राजु कार्की, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख युबराज कटवाल, वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख विक्रम सुबेदी, छपकैया सामुदायिक प्रहरीका अध्यक्ष गयासुदिन ठकुराई, आमा नेपाल फाउन्डेसनका अध्यक्ष प्रबिता मानन्धर, युवा नेता सुधिर पटेल तथा लायन्स क्लबका प्रिया सिंह लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

नव(निर्मित भवनले प्रहरी कर्मचारीहरूका लागि स्वच्छ, सुरक्षित र सुविधा सम्पन्न वातावरण प्रदान गर्ने अपेक्षा गरिएको छ।

कार्यक्रममा बोल्दै अध्यक्ष जय प्रकाश खेतानले प्रहरी कर्मचारीहरूको आधारभूत आवश्यकतालाई सम्बोधन गर्ने यस्ता पूर्वाधार निर्माण अत्यन्त सराहनीय र आवश्यक पहल भएको बताए। उनले स्वच्छता र स्वास्थ्य एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै आधुनिक डिजिटल सुविधा युक्त स्नान तथा शौचालय भवनले प्रहरी कर्मचारीहरूको दैनिक जीवनलाई सहज बनाउने विश्वास व्यक्त गरे।

खेतानले समुदाय र सुरक्षाकर्मीबीचको सहकार्य अझ मजबुत बनाउन यस्ता योजनाहरूले महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। साथै, आगामी दिनमा पनि सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता रचनात्मक कार्यहरूमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २३,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद