Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

नेपाल–भारत मैत्री रेडियो श्रोता संघद्वारा वीरगञ्ज कपडा बैंकलाई कपडा सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

नेपाल भारत मैत्री रेडियो श्रोता संघले आफ्नो स्थापना दिवसको अवसर पारेर वीरगन्ज कपडा बैंकलाई कपडा सहयोग हस्तान्तरण गरेको छ। वीरगञ्जमा आयोजित कार्यक्रममा संघका अध्यक्ष हिम्मत खडगीको नेतृत्वमा पूर्व अध्यक्ष विजय पौडेल, उपाध्यक्ष प्रकाश शाक्य, महासचिव शम्भु महतो थारु तथा सचिव मदन पन्डितको सहभागितामा कपडा बैंकको कार्यालयमै पुगेर २ बोरा, १ कार्टुन, १ ब्याग र ५ झोला कपडा बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरिएको हो। सो अवसरमा बैंकका सदस्य नवराज भट्टराई तथा कर्मचारी मिथलेश श्रीवास्तवलगायतको उपस्थिति रहेको थियो।

कार्यक्रममा बोल्दै अध्यक्ष खडगीले स्थापना दिवसको अवसरमा सानो सहयोग गरिएको उल्लेख गर्दै विगत ७ वर्षदेखि वीरगन्ज कपडा बैंकले दिनदुखी, असहाय तथा आगलागी र बाढी पीडितहरूको घरदैलोमै पुगेर निस्वार्थ सेवा गरिरहेको कार्यप्रति प्रशंसा व्यक्त गरे। उनले विपन्न नागरिकलाई नयाँ जस्तै कपडा उपलब्ध गराउने उद्देश्यले सहयोग गरिएको र आगामी दिनमा पनि निरन्तर साथ रहने प्रतिबद्धता जनाए।

त्यसैगरी निवर्तमान अध्यक्ष पौडेलले संघले विभिन्न सामाजिक कार्यक्रममार्फत सेवा गर्दै आएको जानकारी दिँदै कपडा बैंकले सञ्चालन गरिरहेको “कोही नाङ्गो नहोस्” अभियानको प्रशंसा गरे। उनले सबै सामाजिक संघसंस्थाले मिलेर मानवताको सेवा गर्नुपर्नेमा जोड दिएका थिए।

कपडा बैंकका अध्यक्ष सिंहले संघले समय–समयमा गर्दै आएको सेवामूलक कार्यको प्रशंसा गर्दै यस्तो सहयोगले संस्थाको अभियानलाई थप ऊर्जा मिलेको बताए। साथै उनले सहयोगप्रति संघ परिवारलाई हार्दिक आभार व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद