Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सामा अङ्ग्रेजी विषयको कपी जाँच आज साँझसम्म सकिने तयारी

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
file photo

file photo

2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सामा आज साँझसम्म माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८२ को अङ्ग्रेजी विषयको कपी जाँच सम्पन्न हुने तयारी गरिएको छ। शिक्षा विकास तथा समन्वय इकाइ पर्साले कपी जाँच सकिएलगत्तै ती कपीहरू सम्बन्धित परीक्षा केन्द्रमा पठाइने जानकारी दिएको छ।

इकाइ प्रमुख मोतीप्रसाद भट्टराईले अङ्ग्रेजी विषयको कपी जाँच प्रक्रिया अन्तिम चरणमा पुगेको बताए। साथै, उनले नेपाली विषयको कपी जाँच भोलि र गणितको कपी पर्सिसम्म सक्ने लक्ष्य लिएको जानकारी दिए।

भट्टराईले भने, “कपी जाँच प्रक्रिया बन्डल–बन्डलमा शिक्षकहरूलाई बाँडफाँड गरेर भइरहेको हुँदा अहिलेसम्म कति कपी जाँच भइसकेको हो भन्ने यकिन विवरण छैन। तर शिक्षकहरूले निरन्तर जाँच गरिरहेका छन् र आज साँझसम्म सकाउने लक्ष्य राखिएको छ।”

यहि चैत्र २० गतेबाट सुरु भएको एसईई परीक्षाको पहिलो दिन अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा सकिएलगत्तै कपी परीक्षण कार्य अघि बढाइएको थियो। सरकारको निर्देशनअनुसार हरेक विषयको कपी जाँच तीन दिनभित्र सम्पन्न गरी शिक्षा बोर्डमा पठाउनुपर्ने व्यवस्था पर्सामा पनि पालना गरिएको छ।

भट्टराईका अनुसार नृसिंह मावि, सिद्धार्थ मावि, श्री नेरामवि श्रीपुर र त्रिजुद्ध मावि गरी चार परीक्षण केन्द्रमा ५५ जना विषयगत शिक्षकहरूले कपी परीक्षणमा खटिएका छन्।

यस वर्ष पर्सा जिल्लाभरबाट कुल १०,७०३ जना विद्यार्थीहरूले एसईई परीक्षामा सहभागिता जनाएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद