Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

पर्सामा नयाँ जंगल रिसोर्टले वन संरक्षण र पर्यापर्यटन प्रवर्द्धनमा नयाँ अभियान सुरु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २२,आईतवार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सागढी नगरपालिका–३ झवराहस्थित ईन्दु झवराह जंगल रिसोर्टले वन संरक्षणसँगै पर्यापर्यटन विकासलाई प्राथमिकतामा राख्दै नयाँ अभियान सुरु गरेको छ। यसअन्तर्गत सबैया साझेदारी वन उपभोक्ता समूहका नव निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई स्वागत र सम्मान गरिएको छ।

रिसोर्ट परिसरमा आयोजित कार्यक्रममा सञ्चालकले नव निर्वाचित सदस्यहरूलाई खादा लगाएर सम्मान गरेका थिए। कार्यक्रममा पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख रामचन्द्र खतिवडा, डिभिजन वन कार्यालय पर्साका प्रमुख मन्जुर अहमद, सबैया सब–डिभिजन कार्यालयकी रेन्जर कविता दास, सबैया साझेदारी वन उपभोक्ता समूहका अध्यक्ष लखनलाल साह, उपाध्यक्ष असलम आलमसहित विभिन्न सरोकारवाला व्यक्तिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको मुख्य उद्देश्य वन संरक्षण र पर्यापर्यटनलाई सँगसँगै अघि बढाउने रहेको थियो। “वन जोगाऔं–पर्यावरण बचाऔं” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रबन्धक मणिन्द्रलाल नेपालीले पर्सामा पहिलोपटक सञ्चालनमा आएको जंगल रिसोर्टले पर्यटकलाई प्रकृति, वन्यजन्तु र जैविक विविधताको प्रत्यक्ष अनुभव गराउने लक्ष्य राखेको बताए।

उनीले भने, “पर्यटन प्रवर्द्धनका लागि केही पूर्वाधार विकास आवश्यक छ। साझेदारी वनदेखि पर्सा राष्ट्रिय निकुञ्जको महादेव पोस्टसम्म ग्राभेल सडक निर्माण, निर्माण भइसकेको हात्तीसार सञ्चालन, प्रयोगविहीन पोखरी क्षेत्रमा भ्यू टावर निर्माण र वन्यजन्तुका लागि पानीको व्यवस्था गर्न पोखरी निर्माण गर्न आवश्यक छ।”

कार्यक्रममा वन क्षेत्रमा अनियन्त्रित मानव प्रवेशका कारण वन विनाश बढ्दै गएको र त्यसलाई रोक्न तारबारसहित एकद्वार प्रणाली लागू गर्नुपर्ने सुझाव पनि प्रस्तुत गरिएको थियो। रिसोर्टले यस्ता संरचना निर्माण र व्यवस्थापनको जिम्मेवारी लिन तयार रहेको जनाएको छ।

कार्यक्रमका वक्ताहरूले वन संरक्षण, स्थानीय सहभागिता र पर्यापर्यटन विकासलाई सन्तुलित रूपमा अघि बढाउँदा पर्सालाई आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्न सकिने विश्वास व्यक्त गरे।

रिसोर्टका प्रबन्धक मणिन्द्रलाल नेपालीले भने, “स्थानीय समुदायसँगको सहकार्यमा मात्र हामी वन संरक्षण र पर्यापर्यटन दुवैलाई सफल बनाउन सक्छौं। यस अभियानले पर्सालाई पर्यटकहरूका लागि नयाँ गन्तव्यको रूपमा स्थापित गर्नेछ।”

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ चैत्र २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद