Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा “स्वास्थ्यका लागि दौड, जीवनका लागि दौड” नारासहित हेल्थ म्याराथन सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २१,शनिबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज –
नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जद्वारा “Run for Health, Run for Life” (स्वास्थ्यका लागि दौड, जीवनका लागि दौड) नारासहित आयोजना गरिएको हेल्थ म्याराथन कार्यक्रम आज सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम स्पोर्ट्स वीक २०८२ अन्तर्गत आयोजना गरिएको थियो।

स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको म्याराथनमा विद्यार्थी, शिक्षक, स्वास्थ्यकर्मी तथा स्थानीय सहभागीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रम बिहान ६:३० बजेबाट सुरु भई ७:०० बजे औपचारिक रूपमा फ्ल्याग अफ गरिएको थियो।

कार्यक्रम नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारीको अध्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथिका रूपमा सशस्त्र प्रहरी बल (APF) १३ गणका एसपी श्री मोहन बहादुर क्षेत्रीको उपस्थिति रहेको थियो भने विशिष्ट अतिथिका रूपमा वीरगञ्ज आर्मी ब्यारेक प्रमुख लोकेन्द्र कार्की, जिल्ला ट्राफिक प्रमुख तथा पर्सा खेलकुद विकास समितिका रेफ्री विशेष्वर पटेलको सहभागिता रहेको थियो।

कार्यक्रमलाई थप गरिमा प्रदान गर्दै एडमिशन अफेयर्स एण्ड मार्केटिङ डाइरेक्टर श्री अबिद हुसैन अन्सारी, अस्पताल निर्देशक डा. इशरत जहाँ अन्सारी, प्रमुख सूचना अधिकृत इ. प्रदीप कुमार चौधरी लगायतको उपस्थिति रहेको थियो। साथै मार्केटिङ, प्रशासन तथा सञ्चारकर्मीहरूको पनि सक्रिय सहभागिता रहेको थियो।

म्याराथनलाई सुरक्षित तथा व्यवस्थित बनाउन राष्ट्रिय एथलेटिक्स प्रशिक्षक विशेष्वर पटेलद्वारा वार्मअप तथा सुरक्षा निर्देशन प्रदान गरिएको थियो। सहभागीहरूको सुरक्षालाई प्राथमिकता दिँदै एस्कर्ट टोली, ट्राफिक समन्वय तथा एम्बुलेन्स सेवा (चलायमान तथा स्ट्यान्डबाइ) को प्रभावकारी व्यवस्था गरिएको थियो। म्याराथन मार्गका विभिन्न स्थानहरूमा स्थापना गरिएका सहायता केन्द्रहरूबाट सहभागीहरूलाई प्राथमिक उपचार, पानी तथा आवश्यक सहयोग उपलब्ध गराइएको थियो।

कार्यक्रमको अन्त्य NMCTH (गोलम्बर नं. २ – बास्केटबल कोर्ट) मा भई समापन तथा पदक वितरण कार्यक्रम सम्पन्न गरिएको थियो। प्रतियोगिताअन्तर्गत पुरुषतर्फ अनिल श्रेष्ठ प्रथम, स्यामसन श्रीस द्वितीय तथा सन्जु सिंह बस्नेत तृतीय भएका थिए भने महिलातर्फ बिपना प्रथम, अलिशा खातिन द्वितीय र करुणा तृतीय भएका थिए। यसैगरी फ्याकल्टीतर्फ डा. प्रशान्त ठाकुर प्रथम, डा. विशाल द्वितीय तथा डा. आदित्य राज तृतीय भएका थिए भने स्टाफतर्फ सगीर हुसैन प्रथम, सञ्जय द्वितीय र धनञ्जय मण्डल तृतीय भएका थिए।

नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगञ्जले स्वास्थ्य सेवा, शिक्षा तथा सामाजिक उत्तरदायित्वका कार्यक्रममार्फत समाजप्रति आफ्नो प्रतिबद्धता निरन्तर रूपमा देखाउँदै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद