Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दाङकाे गाेपीनाला हत्याकाण्डका एक युवती सहित ३ जना प्रकाउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २१,शनिबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

दाङकाे राप्ती गाउँपालिका-४, गाेलीनालामा बिहीबार राती एक युवककाे हत्यामा संलग्न एक युवती सहित ३ जना प्रकाउ परेका छन् । घटना भएकाे २४ घण्टा नबित्दै ईलाका प्रहरी भालुवाङका प्रहरी निरक्षक पुष्करसिंह ऐरी नेतृत्वकाे प्रहरी टाेली राती भरि लगाएर ती ३ जना अभियुक्त प्रकाउ गर्न सफल भएकाे हाे ।

हत्यामा संलग्न भएकाे आराेपमा प्रहरीले दाङकाे बंगलाचुलीका बर्ष २० का संदिप वली, राप्ती गाउँपालिकाका बर्ष १८ काे निश्चल चाैधरी र राप्ती गाउँपालिका कै बर्ष १८ की आकृति बुढालाई प्रकाउ गरेकाे जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रबक्ता तथा प्रहरी निरीक्षक बाबुराम बस्नेतले जानकारी दिए ।

प्रहरीले घटना भएकाे थाहा पाए लगत्तै प्रहरी निरीक्षक ऐरीकाे टाेलीले रातभर नै घटनास्थल सहितका ठाउँमा अनुसन्धान गरी बिहान ४ बजे मात्र पक्राउ परेका तीनकाे प्रमाण सहित पुष्टि गरेकाे बताएकाे जनाएकाे छ ।

बिहिबार राती राप्ती गाउँपालिका–२, बराखुट्टी निवासी बर्ष १६ का स्मित प्रधानलाई हत्या गरी वडा नं. ४ गोपीनालाकाे दाेलाईखाेला नजिक नालामा फालेकाे अवस्थामा शब फेला परेको थियाे ।

उक्त घटना बारे प्रहरीलाई बिहिबार दिउँसो करिब १२ बजे खबर पुगेको थियो । त्यस लगत्तै प्रहरी घटनास्थलमा पुगेर अनुसन्धान शुरू गरेकाे थियाे । मृतक व्यक्तिको शरिरमा धारिलाे हतियार प्रयाेग गरि हत्या गरेकाे प्रारम्भिक अनुसन्धानबाट खुलेकाे प्रहरीले जनाएकाे छ ।

यस्तै प्रधान संगै गएका सोही ठाउँ निवासी बर्ष १६ का आयुषमान थापा घाइते भएको र उनको राप्ती आधारभूत अस्पताल सिसहनियाँमा उपचार भईरहेकाे प्रहरीले जनाएकाे छ । घाईते थापा खतरामुक्त रहेकाे प्रहरीले जनाएकाे छ । थापा मगरलाई देबीसरा गाहा र स्वस्तिका रानामगर नाम गरेको फेसबुक मेसेन्जर बाट भेट्न आउ भनि बोलाउदा निजहरु बिहिबार राती नै २०:०० बजे घरबाट ती युवती भेट्न निस्किएकाे बताईएकाे छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र २१,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद