Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनैतिक प्रस्ताव अस्वीकार गर्दा अङ्क घटाउने धम्की : मधेस विश्वविद्यालयका कर्मचारी पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ चैत्र १८,बुधबार
A A
A i निर्मित सांकेतिक तस्बिर

A i निर्मित सांकेतिक तस्बिर

3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter
A i निर्मित सांकेतिक तस्बिर

वीरगञ्ज — मधेस विश्वविद्यालयमा कार्यरत एक कर्मचारीले छात्रामाथि अनैतिक सम्बन्धका लागि दबाब दिएको आरोपमा पक्राउ परेका छन्। अस्वीकार गरेमा परीक्षामा अङ्क घटाउने र स्वीकार गरेमा सुविधा दिने प्रलोभन देखाएको आरोप उनीमाथि लागेको छ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार आरोपित कर्मचारी मोहम्मद राजु राउत गद्दीले सुरुमा सहयोगको बहानामा छात्रासँग सम्पर्क बढाएका थिए।

पछि फोन तथा सामाजिक सञ्जालमार्फत अनुपयुक्त सन्देश पठाउँदै निरन्तर मानसिक दबाब सिर्जना गरेको र प्रस्ताव अस्वीकार गरेपछि शैक्षिक भविष्य प्रभावित पार्ने चेतावनी दिएको आरोप छ।

पीडित छात्राले दिएको उजुरीका आधारमा चैत १४ गते जिल्ला प्रशासन कार्यालय पर्सामा मुद्दा दर्ता भएको थियो। उजुरीपछि फरार रहेका उनलाई प्रहरीले खोजतलासका क्रममा नियन्त्रणमा लिएको हो।

पर्सा प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले आरोपितमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको र घटनाको विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ चैत्र १८,बुधबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ चैत्र १८,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद