Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home धर्म

अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६को तयारीका लागि नेपाली प्रतिनिधिमण्डल पटनातर्फ प्रस्थान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं — भारतको पटना मा आयोजना हुन लागेको ‘अन्तर्राष्ट्रिय ज्योतिष सम्मेलन–२६’ को तयारी तथा समीक्षाका लागि विश्व ज्योतिष महासंघ को उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डल आज पटनातर्फ प्रस्थान गरेको छ।

प्रतिनिधिमण्डलमा महासंघका अध्यक्ष डा. लोकराज पौडेल, कोषाध्यक्ष प्रो. डा. सुबोध शुक्ला, दक्षिण एशियाली ज्योतिष महासंघका अध्यक्ष आचार्य लक्ष्मण पन्थी तथा महासचिव एस्ट्रो भरतमणि ज्ञवाली सहभागी छन्। टोली तीन दिनसम्म पटनास्थित होटल चाणक्य मा बसोबास गर्दै आयोजक तथा अन्तर्राष्ट्रिय समितिसँग समीक्षा बैठक, समन्वय छलफल र पत्रकार सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको जनाइएको छ।

काठमाडौँबाट वीरगञ्ज आइपुग्दा प्रतिनिधिमण्डलको भव्य स्वागत गरिएको थियो। महासंघका एशिया उपसभापति डा. पुरुषोत्तम दुबे को नेतृत्वमा स्थानीय समाजसेवी तथा विद्वानहरूले टोलीको अभिनन्दन गरेका थिए।

सो अवसरमा टोलीले वीरगञ्जस्थित प्रसिद्ध शक्तिपीठ श्री गहवा माई मन्दिर मा दर्शन तथा पूजा–अर्चना गरेको थियो। मन्दिरका मूल पुजारी राधेश्याम उपाध्याय ले टोलीलाई आशीर्वाद प्रदान गरेका थिए।

स्वागत कार्यक्रममा गहवा माई तीर्थ क्षेत्र विकास समितिका उपाध्यक्ष देवानन्द कलवार, महासचिव पप्पु गुप्ता, ब्राह्मण समाजका बृजमोहन तिवारी तथा ज्योतिष परिषद्का विद्वानहरू पण्डित श्यामसुन्दर पाण्डेय, पण्डित दिनेश तिवारी, पण्डित रत्नेश तिवारी, पण्डित विद्याधर झा, पण्डित संजय चतुर्वेदी र पण्डित ध्रुवनारायण पाण्डेयको उपस्थिति रहेको थियो।

यसैगरी समाजसेवी राजेन्द्र सिंह र पत्रकार सन्तोष मिश्रलगायतले सम्मेलनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए।

यो भ्रमणले नेपाल र भारतका ज्योतिषीहरूबीचको सहकार्यलाई थप मजबुत बनाउँदै आगामी सम्मेलनलाई ऐतिहासिक बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद