Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पुराना दलको राजनीतिबाट आजित पर्सागढी–५, सामूहिक रूपमा रास्वपामा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — पर्सा जिल्लाको पर्सागढी नगरपालिका वडा नम्बर–५ हर्दियामा विभिन्न राजनीतिक दल परित्याग गर्दै ६० भन्दा बढी नेता, कार्यकर्ता, स्थानीय युवा, बुद्धिजीवी तथा जेष्ठ नागरिकहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।

नवप्रवेशीहरूलाई रास्वपाका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर–२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानु ले फूलमाला र गम्छा लगाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रममा नवप्रवेशीहरूले देशमा परिवर्तन, सुशासन, भ्रष्टाचारमुक्त समाज र सबै नागरिकका लागि समान अधिकार सुनिश्चित गर्ने क्षमता रास्वपासँग मात्रै रहेको विश्वास व्यक्त गरे। उनीहरूले यसअघि आबद्ध राजनीतिक दलका नेताहरूले आफूहरूलाई चुनावी भीड र सत्तामा पुग्ने भर्‍याङका रूपमा मात्र प्रयोग गरेको आरोप लगाए।

नवप्रवेशी विकास यादवले भने, “हामीले वर्षौँ योगदान दियौँ, तर नेतृत्व तहमा कहिल्यै सुन्ने मान्छे भएन। अबको वैकल्पिक शक्ति भनेको रास्वपा नै हो, जसले साँच्चै देश र जनताको हितमा काम गर्छ।”

रोजगारी, उद्यम र पर्सागढीको ऐतिहासिक पहिचान प्राथमिकतामा
कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कानुले पर्सा जिल्लामा युवाका लागि रोजगारी सिर्जना, स्थानीय उद्यमीलाई प्रोत्साहन र रहेका उद्योग–कलकारखानाको उत्पादन क्षमता विस्तार गरेर थप रोजगारी अवसर सिर्जना गर्ने आफ्नो प्रमुख एजेन्डा रहेको बताए।

उनले पर्सागढीलाई नेपालको महत्त्वपूर्ण ऐतिहासिक स्थलका रूपमा विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्ने चुनावी प्रतिबद्धता पनि जनाए।

कानुले पर्सा–२ बाट पटक–पटक निर्वाचित भई मन्त्रीसमेत बनेका सांसदहरूले क्षेत्रको आधारभूत विकास गर्न नसकेको आरोप लगाए।
“यस क्षेत्रबाट निर्वाचित सांसदहरूले न स्वास्थ्य सुधार गर्न सके, न शिक्षा, न पूर्वाधार,” उनले भने, “म निर्वाचित भएँ भने स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, बजार व्यवस्थापन र कृषिको आधुनिकीकरणलाई विशेष प्राथमिकतामा राखेर काम गर्छु।”

‘काम गर्न सकेनौँ भने अर्को पटक मत माग्न आउँदैनौँ’ कानुले आफूलाई एक पटक अवसर दिन आग्रह गर्दै स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
“एक पटक मौका दिनुस्,” उनले भने, “यदि काम गर्न सकेनौँ भने अर्को पटक मुख देखाउन पनि आउँदैनौँ।”
उनले बालेन शाह लाई ‘मधेसको धर्ती पुत्र’ का रूपमा चित्रण गर्दै देशले पहिलो पटक मधेसी प्रधानमन्त्री पाउने अवसर आएको दाबी गरेका थिए।
“मधेसी प्रधानमन्त्री देख्न चाहनुहुन्छ भने घण्टी छापमा मतदान गरेर रास्वपाका उम्मेदवारहरूलाई विजयी गराउनुस्,” उनले मतदातासँग आग्रह गरहेका थिए।

नाराबाजी र उत्साहपूर्ण माहोल
कार्यक्रममा सहभागी रास्वपाका नेता तथा कार्यकर्ताहरूले “अबकी बार बालेन सरकार”,“चुपचाप घण्टी छाप”,“सुशील कानु जिन्दाबाद”जस्ता नारा लगाएका थिए।

स्थानीय राजनीतिक विश्लेषकहरूका अनुसार पर्सागढी–५ हर्दियामा भएको यो सामूहिक पार्टी प्रवेशले पर्सा जिल्लामा बढ्दै गएको युवामुखी र परिवर्तनको राजनीतिक लहरलाई थप बल दिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद