Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

संकटमा साथ दिने नेता कि भाषणका बादल – वीरगन्जमा प्रदीप यादवको दाबीस् ‘काम देखेर मत दिनुहोस्’

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १२,सोमबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

प्रणय साह ,वीरगन्ज । पर्सा निर्वाचन क्षेत्र नम्बर–१ मा चुनावी माहोल तातिँदै जाँदा नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले मतदातासँग स्पष्ट सन्देश दिएका छन्— संकटका बेला जनताको साथमा उभिने नेतृत्व छान्ने समय आएको छ।

चुनावी प्रचार–प्रसार, घरदैलो अभियान र कार्यकर्ता भेटघाटका क्रममा यादवले वीरगन्जमा चरम सुख्खा परेका बेला नगरवासीहरू खानेपानीको गम्भीर संकटमा परेको अवस्थालाई स्मरण गराए। जोखिम मोलेर केन्द्र सरकारसँग बजेट सुनिश्चित गरी धारा, बोरिङ, ट्युबवेल र रिजर्भ ट्याङ्कीमार्फत पानी वितरण गराएर आफूले जिम्मेवार नेतृत्वको उदाहरण प्रस्तुत गरेको उनले बताए।

“कसले काम गर्छ र कसले भाषण मात्रै गर्छ भन्ने कुरा जनताले आफ्नै आँखाले देखिसक्नुभएको छ,” यादवको स्पष्ट भनाइ थियो।

पूर्व मन्त्रीसमेत रहनुभएका यादवले खानेपानी मन्त्रालय सम्हाल्दा नीतिगत निर्णय मात्र होइन, प्रत्यक्ष परिणाम दिने काम गरेर देखाएको दाबी गरे। अधुरा विकास निर्माणका योजनाहरू पूरा गर्न फेरि एकपटक अवसर दिन उनले मतदातासँग आग्रह गरे।

उनले सुख्खाग्रस्त क्षेत्रका समस्या समाधानदेखि कोरोना महामारीका बेला वीरगन्ज र आसपासका नागरिकको स्वास्थ्य सुरक्षामा खेलेको भूमिकासमेत स्मरण गराए। शिक्षा, स्वास्थ्य, खानेपानी र सामाजिक सुधारका कामहरूले नै आफ्नो राजनीतिक प्रतिबद्धता पुष्टि गर्ने यादवको भनाइ थियो।

कार्यक्रममा सहभागी स्थानीय मतदाताहरूले पनि संकटमा साथ दिने, काम गरेर देखाउने र राष्ट्रिय हितलाई प्राथमिकतामा राख्ने नेतृत्व आवश्यक रहेको बताएका छन्। उनीहरूले विकास, स्थायित्व र जनउत्तरदायी नेतृत्वका लागि एमालेजस्तो राष्ट्रवादी शक्तिलाई मतदान गर्न तयार रहेको प्रतिक्रिया दिएका छन्।

स्थानीयका अनुसार पर्सा–१ मा अहिले विकास र स्थायित्वको पक्षमा माहोल बन्दै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १२,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १२,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद