Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा मदिरा व्यवसायी संघको वार्षिक साधारण सभा आज वीरगञ्जमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १०,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।
पर्सा मदिरा व्यवसायी संघको प्रथम वार्षिक साधारण सभा सञ्चालक समितिको निर्णयअनुसार आज वीरगञ्ज को आदर्शनगर स्थित होटेल पुजनमा सम्पन्न भएको छ ।

संघका अध्यक्ष चिनिलाल पटेलको अध्यक्षता मा भएको कर्यक्रममा प्रमुख अतिथि बिरगंज उधोग बाणिज्य संघका अध्यक्ष हरि गौतम बिशिष्ट अतिथि नेपाल बार एकाई पर्साका अध्यक्ष राम नरायण कुर्मी संघका सल्लाहकार कपिलेश्वर यादव, पत्रकार तुलसी भंडारी लगायत का बक्ताले संघको संरक्षण ,सम्बर्द्धन ,बिकास तथा गोलबन्ध भएर सँगाठ्निक रुपमा अगाडि बढ्न शुभकामना ब्यक्त गरेका थिए ।

सभामा संघका उपाध्यक्ष सन्दीप गुपताले स्वागत मन्तव्य ,महासचिव प्रदिप लोहारले संगाठनिक प्रतिबेदन र कोषाध्यक्ष राकेश साह द्वारा आर्थिक वर्ष २०८०/८१ को आय–व्यय विवरण तथा लेखापरीक्षण प्रतिवेदन पेश गरीएको थियो ।
त्यस्तै, आगामी आर्थिक वर्ष २०८१/८२ का लागि संघको नीति, कार्यक्रम तथा वार्षिक बजेट प्रस्तुत गरी छलफल र अनुमोदन गरिएको संघले जनाएको छ।

सभामा संघको दर्ता नवीकरण सम्बन्धी निर्णय, नयाँ लेखापरीक्षक नियुक्ति, संघका विभिन्न समितिमा रिक्त पद पूर्ति, आवश्यक परे विधान संशोधन तथा संघको संगठनात्मक सुदृढीकरण सम्बन्धी प्रस्तावहरू पनि पेश गरिएको थियो ।
यसका साथै मदिरा व्यवसायसँग सम्बन्धित समसामयिक समस्या, कर प्रणाली, प्रशासनिक झन्झट, व्यवसायीहरूको हकहित संरक्षण तथा बजार व्यवस्थापन सम्बन्धी विषयमा समेत विस्तृत छलफल गरिएको थियो ।

सभाको बन्द सत्र बाट नया कार्यसमितिमा अध्यक्ष चिनिलाल पटेल ,उपाध्यक्ष संदिप कुमार गुप्ता ,महासचिव प्रदिप कुमार लोहार ,सचिव रबिन्द्र प्रताप साह,कोषाध्यक्ष राकेश कुमार साह सदस्यमा मनिष प्रसाद कलवार, अनिल कुमार चापागाई,राम कुमार यादव र रन्जित जैसवाल सर्व सह्म्मत चयन भएका हुन ।

कार्यक्रममा सबै सदस्य, प्रतिनिधि ज्युहरुलाई सदस्यता प्रमाणपत्र बितरण गरिएको थियो ।
संघले वार्षिक साधारण सभालाई महत्वपूर्ण नीति निर्माणको अवसरका रूपमा लिएको जनाएको छ। सभाबाट व्यवसायीहरूको साझा आवाजलाई मजबुत बनाउँदै आगामी कार्यदिशा तय गरिने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १०,शनिबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद