Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र डि.ए.भी. आर.बी.केडिया स्कूलबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ पुष ३०,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

नेशनल मेडिकल कलेज प्रा.लि. तथा डि.ए.भी. आर.बी. केडिया स्कूल, वीरगञ्जबीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल पुस ३० गते का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

सम्झौताअनुसार डि.ए.भी. आर.बी. केडिया स्कूलका बोर्ड सदस्य, कर्मचारीरखेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजद्वारा विभिन्न स्वास्थ्य सेवा सुविधा प्रदान गरिनेछ। यस सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी टिकट, जनरल बेड, आईसीयूरएनआईसीयूरपीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई तथा फार्मेसी सेवामा विशेष छुट तथा सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा।लि।का तर्फबाट एकेडेमिक निर्देशक डा। रुबी श्रेष्ठ र डि।ए।भी। आर।बी। केडिया स्कूलका तर्फबाट प्रिन्सिपल श्री राकेश कुमार मिश्रले हस्ताक्षर गर्नुभएको हो।
सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ। यस सहकार्यले दुवै संस्थाबीचको आपसी सम्बन्धलाई थप सुदृढ बनाउनुका साथै विद्यालयसँग आबद्ध व्यक्ति तथा परिवारलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ पुष ३०,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ पुष ३०,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद