Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

साउथ जोन सेकेन्डरी स्कुलका चन्दन राम र शिवानी साह सम्मानित

by प्रणय साह
प्रकाशित : २०८२ पुष १५,मंगलवार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज। वीरगन्जको राधेमाईस्थित साउथ जोन सेकेन्डरी स्कुलका क्रिकेट टोलीका पूर्व कप्तान चन्दन रामलाई प्याब्सन वीरगन्जले विशेष सम्मान गरेको छ। हालै यू–१९ राष्ट्रिय क्रिकेट टोलीमा प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका रामको मेहनत, लगनशीलता र समर्पणको कदरस्वरूप उनलाई सम्मान प्रदान गरिएको हो।
विद्यालयस्तरबाट क्रिकेट यात्रा सुरु गरेका चन्दन रामको यो उपलब्धिलाई साउथ जोन सेकेन्डरी स्कुलका लागि गर्वको क्षणका रूपमा लिइएको छ। कार्यक्रममा बोल्ने वक्ताहरूले रामको सफलताले अन्य विद्यार्थी खेलाडीहरूलाई पनि क्रिकेटमार्फत राष्ट्रिय स्तरसम्म पुग्न प्रेरणा दिने विश्वास व्यक्त गरे।
यसै क्रममा विद्यालयकी छात्रा क्रिकेट टोलीकी खेलाडी शिवानी साह पनि सम्मानित भएकी छन्। उनले मधेश प्रदेश छात्रा क्रिकेट टोलीमा प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेपछि प्याब्सन वीरगन्जद्वारा आयोजित अन्तरविद्यालय छात्रा तथा जुनियर केटाहरूको टी–१० क्रिकेट प्रतियोगिताको समापन समारोहमा सम्मान प्राप्त गरेकी हुन्।
प्रतियोगितात्मक रूपमा पनि साउथ जोन सेकेन्डरी स्कुलले उल्लेखनीय सफलता हात पारेको छ। एब्द्यक्इल् वीरगन्जद्वारा आयोजित जुनियर केटाहरूको क्रिकेट प्रतियोगितामा विद्यालयको जुनियर केटाहरूको टोलीले प्रथम उपविजेता उपाधि जित्न सफल भएको छ भने टी–१० छात्रा क्रिकेट प्रतियोगितामा छात्रा टोलीले द्वितीय उपविजेता (तेस्रो स्थान) उपाधि हात पार्दै ट्रफी भित्र्याएको छ।
विद्यालय प्रशासनले यी सबै उपलब्धिहरू विद्यालयका लागि गौरवको विषय भएको उल्लेख गर्दै खेलकुदमार्फत विद्यार्थीहरूको समग्र विकासका लागि निरन्तर लगानी र प्रोत्साहन गरिने प्रतिबद्धता जनाएको छ। युवा प्रतिभाको पहिचान, प्रवर्द्धन तथा उचित मञ्च प्रदान गरेकोमा प्याब्सन वीरगन्जप्रति विद्यालय परिवारले आभार व्यक्त गरेको छ।
सम्मानपछि चन्दन रामले आफूलाई साथ, सहयोग र अवसर प्रदान गर्ने साउथ जोन सेकेन्डरी स्कुल, प्याब्सन वीरगन्ज तथा सम्पूर्ण शुभेच्छुकहरूप्रति आभार व्यक्त गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ पुष १५,मंगलवार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ पुष १५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद