Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा खतरा भन्दै नेपाल मुस्लिम समाज संघ पर्साको चिन्ता

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

नेपाल मुस्लिम समाज संघ पर्साले बंगलादेशमा अल्पसंख्यक हिन्दु समुदायका एक युवकको हत्या भएको घटनाप्रति गहिरो चिन्ता व्यक्त गर्दै यसले क्षेत्रीय धार्मिक सहिष्णुता र सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने चेतावनी दिएको छ।

संघका अध्यक्ष महबुब अलि (शेरु)द्वारा शनिबार साँझ जारी विज्ञप्तिमा यस्ता घृणाजन्य र हिंसात्मक घटनाहरू मानवता र सहअस्तित्वको मूल्यमान्यतामाथि गम्भीर प्रहार हुने उल्लेख गरिएको छ। विज्ञप्तिमा पीडित परिवारप्रति समवेदना व्यक्त गर्दै विश्वभर बहुसंख्यक–अल्पसंख्यकबीच भाइचारा, आपसी सम्मान र शान्तिपूर्ण सहअस्तित्व कायम गर्नुपर्नेमा जोड दिइएको छ।

संघले धर्म, जाति वा समुदायको आधारमा गरिने कुनै पनि प्रकारको हिंसा सभ्य समाजका लागि अस्वीकार्य रहेको स्पष्ट पारेको छ। साथै, नेपाल धार्मिक सहिष्णुता, आपसी सद्भाव र सामाजिक एकताको उदाहरणका रूपमा परिचित रहेकाले छिमेकी मुलुकमा भइरहेका यस्ता घटनाप्रति चासो र चिन्ता व्यक्त गर्नु स्वाभाविक भएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा नेपालभित्र सबै समुदायबीच सद्भाव कायम राख्न राज्यका निकायहरू थप सतर्क र सक्रिय हुनुपर्ने आवश्यकता औंल्याउँदै नेपाल सरकारलाई बंगलादेशको घटनाप्रति औपचारिक रूपमा चिन्ता र निन्दा प्रकट गर्न आग्रह गरिएको छ।

त्यसैगरी, संघले नेपालभित्र रहेका सम्पूर्ण धार्मिक तथा अल्पसंख्यक समुदायको सुरक्षा, अधिकार र सम्मान सुनिश्चित गर्न प्रशासनिक संयन्त्रलाई मजबुत बनाउन, समाजमा घृणा फैलाउने गतिविधिमाथि कडाइका साथ निगरानी गर्न र अन्तरधार्मिक सहअस्तित्व तथा शान्तिको सन्देश प्रवाह गर्न स्थानीय तहमा समन्वयकारी भूमिका निर्वाह गर्न माग गरेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ पुष ५,शनिबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद