Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा एचआइभी/एड्ससम्बन्धी पत्रकार अन्तरक्रिया सम्पन्न

२०३० सम्म एचआइभी अन्त्य गर्ने सरकारको लक्ष्य

by प्रणय साह
प्रकाशित : २०८२ पुष ५,शनिबार
A A
4
SHARES
21
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। नेपालमा एचआइभी/एड्स कार्यक्रमको वर्तमान अवस्था, उपलब्धि र चुनौतीबारे केन्द्रित पत्रकार अन्तरक्रिया कार्यक्रम आज वीरगञ्जमा सम्पन्न भएको छ। कार्यक्रम एड्स हेल्थ फाउन्डेसन (AHF) नेपाल र नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहकार्यमा आयोजना गरिएको हो।
कार्यक्रममा एचआइभी/एड्सको रोकथाम, उपचार तथा जनचेतनाका क्षेत्रमा भइरहेका गतिविधि, सरकारी तथा गैरसरकारी संस्थाहरूको भूमिका र आगामी रणनीतिबारे विस्तृत छलफल गरिएको थियो। सहभागी वक्ताहरूले नेपालमा एचआइभी संक्रमणको अवस्था, उपचारमा पहुँच तथा जोखिममा रहेका समुदायलाई लक्षित कार्यक्रमहरूको प्रभावकारिताबारे जानकारी गराएका थिए।
पत्रकार अन्तरक्रियामा बोल्ने वक्ताहरूले एचआइभी/एड्स विरुद्धको लडाइँमा सञ्चारमाध्यमको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै सही सूचना प्रवाह, कलंक तथा विभेद न्यूनीकरणमा पत्रकारहरूको सक्रिय सहभागिता आवश्यक रहेको बताए। कार्यक्रममा विभिन्न सञ्चारमाध्यमका पत्रकार, स्वास्थ्यकर्मी तथा सामाजिक संघसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
राष्ट्रिय एचआइभी रणनीतिक योजना सार्वजनिक
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सवेश शर्माले राष्ट्रिय एचआइभी रणनीतिक योजना (२०२१–२०२६) सार्वजनिक गरेका छन्। डा. शर्माका अनुसार सरकारले सन् २०३० सम्म नेपालमा एचआइभीलाई सार्वजनिक स्वास्थ्य समस्याका रूपमा अन्त्य गर्ने लक्ष्य लिएको छ।
उनले समावेशी, समानतामूलक र पहुँचयोग्य स्वास्थ्य सेवामार्फत एचआइभी उपचारलाई निरन्तरता दिने सरकारको प्रतिबद्धता रहेको बताए। रणनीतिक योजनाका प्रमुख लक्ष्यमा नयाँ एचआइभी संक्रमण रोकथाम, संक्रमित व्यक्तिको स्वास्थ्य अवस्थामा सुधार, तथा प्रमुख र उच्च जोखिम समूहहरूमा देखिएको असमानता घटाउने रहेका छन्।
सरकारले तय गरेका लक्ष्यअनुसार अनुमानित कुल एचआइभी संक्रमितमध्ये ९५ प्रतिशतको पहिचान गर्ने,पहिचान गरिएका ९५ प्रतिशतलाई उपचारमा समावेश गर्ने,उपचारमा रहेका ९५ प्रतिशतमा भाइरल लोड सप्रेसन हासिल गर्ने,सन् २०१० को तुलनामा नयाँ एचआइभी संक्रमण ९० प्रतिशतले घटाउने,आमाबाट बच्चामा हुने एचआइभी संक्रमण पूर्ण रूपमा निवारण गर्ने लक्ष्य राखिएको छ।
यसैगरी Congenital Syphilis को दर प्रति एक लाख जीवित जन्ममा ५० भन्दा कममा झार्ने लक्ष्य पनि लिइएको छ। मन्त्रालयका अनुसार यो योजना विश्वव्यापी ९५–९५–९५ लक्ष्यअनुरूप रहेको छ।
एचआइभी संक्रमणको अवस्था अझै चिन्ताजनक राष्ट्रिय एचआइभी अनुमान २०२५ अनुसार नेपालमा एचआइभी संक्रमित व्यक्तिहरूको अनुमानित संख्या ३६ हजार ३३७ पुगेको छ। यसमध्ये पुरुष १९ हजार ५२९ (५४%) र महिला १६ हजार ९५६ (४६%) रहेका छन्। कुल संक्रमितमध्ये ०–१४ वर्ष उमेर समूहका बालबालिका १ हजार ०५८ (३%) रहेका छन्।
नेपालमा वार्षिक रूपमा करिब ६९८ नयाँ एचआइभी संक्रमण देखिने गरेको छ भने एचआइभीसँग सम्बन्धित वार्षिक मृत्यु संख्या ५५९ पुगेको छ। एचआइभी संक्रमित गर्भवती महिलाको संख्या २७७ रहेको र आमाबाट बच्चामा संक्रमण रोक्न विशेष स्वास्थ्य सेवाको आवश्यकता रहेको विज्ञहरूले बताएका छन्।
एआरटी सेवामा २७ हजारभन्दा बढी आर्थिक वर्ष २०८१/८२ मा नेपालभर एचआइभी संक्रमित भई एआरटी (Antiretroviral Therapy) उपचारमा रहेका सेवाग्राहीको संख्या २७ हजार ५४ पुगेको छ। IHIMS/DHIS2 तथ्यांकअनुसार प्रदेशगत रूपमा सेवाग्राहीको संख्या फरक–फरक रहेको छ।
प्रदेशगत विवरण अनुसार बागमती प्रदेशमा सबैभन्दा बढी ७,१०४ जना (२६.३%), लुम्बिनी प्रदेशमा ५,११३ जना (१८.९%), मधेश प्रदेशमा ४,६८७ जना (१७.३%), सुदूरपश्चिममा ३,७३० जना (१३.८%), गण्डकीमा ३,०६६ जना (११.३%), कोशीमा २,६२३ जना (९.७%) र कर्णाली प्रदेशमा सबैभन्दा कम ७३१ जना (२.७%) एआरटी उपचारमा रहेका छन्।
स्वास्थ्य क्षेत्रका विज्ञहरूले एचआइभी नियन्त्रणका लागि समयमै परीक्षण, उपचारमा पहुँच विस्तार, जनचेतना अभिवृद्धि तथा जोखिम समूह लक्षित कार्यक्रमलाई अझ प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०८२ पुष ५,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०८२ पुष ५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद