Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेशनल मेडिकल कलेज र नेशनल इन्फोटेक कलेजबीच स्वास्थ्य सेवा सहकार्य सम्झौता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ मंसिर २४,बुधबार
A A
4
SHARES
19
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज ।

नेशनल मेडिकल कलेज प्रा.लि. तथा नेशनल इन्फोटेक कलेज (एनआई कलेज) बीच स्वास्थ्य सेवा सहकार्यसम्बन्धी सम्झौता सम्पन्न भएको छ। उक्त सम्झौता २०८२ साल मंसिर २४ गते (डिसेम्बर १०, २०२५) का दिन नेशनल मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलको केन्द्रीय कार्यालय, वीरगञ्ज–१५, पर्सामा सम्पन्न भएको हो।

सम्झौताअनुसार नेशनल इन्फोटेक कलेजका बोर्ड सदस्य, कर्मचारी/खेलाडी तथा उनीहरूका प्रत्यक्ष आश्रितहरूलाई नेशनल मेडिकल कलेजद्वारा विभिन्न स्वास्थ्य सेवा सुविधा प्रदान गरिनेछ। यस सहकार्यअन्तर्गत आकस्मिक तथा आपतकालीन उपचार, क्यासलेस तेस्रो पक्ष बीमा सेवा, अन–साइट क्लिनिक सञ्चालन, वेलनेस प्याकेज तथा अस्पतालका विभिन्न सेवामा विशेष सहुलियत प्रदान गरिने व्यवस्था गरिएको छ।

सम्झौतामा ओपीडी सेवा, जनरल बेड, आईसीयू/एनआईसीयू/पीआईसीयू, शल्यक्रिया, प्याथोलोजी परीक्षण, एक्स–रे, भिडियो एक्स–रे, ईसीजी, इको, टीएमटी, सिटी स्क्यान, एमआरआई, फार्मेसी तथा डेन्टल सेवामा विशेष सुविधा उपलब्ध गराइने उल्लेख गरिएको छ।

उक्त सम्झौतामा नेशनल मेडिकल कलेज प्रा.लि.का तर्फबाट प्रबन्ध निर्देशक श्री शहनवाज अन्सारी र नेशनल इन्फोटेक कलेजका तर्फबाट प्रिन्सिपल इञ्जिनियर मनीष सिंहले हस्ताक्षर गर्नुभएको छ। सम्झौता एक वर्षका लागि लागू हुने र आपसी सहमतिमा नवीकरण गर्न सकिने व्यवस्था गरिएको छ।

यस सहकार्यले दुवै संस्थाबीचको सम्बन्धलाई थप मजबुत बनाउनुका साथै शैक्षिक संस्थामा आबद्ध व्यक्तिहरूलाई गुणस्तरीय स्वास्थ्य सेवामा सहज पहुँच सुनिश्चित गर्ने विश्वास लिइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ मंसिर २४,बुधबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ मंसिर २४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद