Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहटमा तीन सवारी एकआपसमा ठोक्किँदा ७ जना घाइते

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

रौतहट। रौतहटको यमुनामाई गाउँपालिका–४, स्थित गौर चन्द्रनिगाहपुर सडक खण्डमा आज बिहान भएको सवारी दुर्घटनामा ७ जना घाइते भएका छन् ।

गौर चन्द्रनिगाहपुर सडक खण्डमा बडहर्वा तर्फबाट आउँदै गरेको एचआर २८ डि ७२२२ भारतीय नम्बरको स्कार्पियो गाडीले चन्द्रनिगाहपुरबाट गौरतर्फ आउँदैगरेको बिआर ०७ पिए ७५८४ भारतीय नम्बरको स्कार्पियोलाई र बाटोमा रोकी राखेको ना। २ ह। ६५२५ नम्बरको अटोलाई ठक्कर दिँदा ७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

ठक्करले सो ठाउँमा रहेको विजय साहको होटल समेतमा क्षति भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायब उपरीक्षक बिष्णुप्रदिप बस्यालले जानकारी दिनुभयो ।

ठक्करबाट एचआर २८ डि ७२२२ नम्बरको स्कार्पियो चालक बारा जिल्ला आदर्श कोतवाल गाउँपालिका –७ का ३० वर्षीय पवन यादव, उक्त स्कार्पियोमा सवार सर्लाही जिल्ला बरहथवा नगरपालिका–१४ का शैलेन्द्र महतोको ११ वर्षीय छोरा अङ्कित महतो, बिआर ०७ पिए ७५्र८४ नम्बरको स्कार्पियो चालक रौतहट गौर नगरपालिका–२ का २४ वर्षीय सुरेन्द्रकुमार साह घाइते हुनुभएको छ ।

यस्तै, सो स्कार्पियोमा सवार रौतहट राजदेवी नगरपालिका–८ का ५० वर्षीय शिवजी साह तथा सोही ठाउँका ५२ वर्षीय रामदयाल साह, ना। २ ह ६५२५ नम्बरको अटोचालक रौतहट यमुनामाई गाउँपालिका–५ का ३९ वर्षीय मङ्गल पटेल तथा उक्त अटोमा सवार रौतहट राजपुर नगरपालिका–३ का नजरुन वस्ताको १० वर्षीय छोरा तारिक वस्ता घाइते भएको उहाँले बताउनुभयो ।

घाइतेहरूलाई प्रादेशिक अस्पताल गौर रौतहटमा उपचार पश्चात् डिस्चार्ज गरिएको छ । तीन वटै सवारी साधनहरू प्रहरीको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक बस्यालले बताउनुभयो । घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता
मुख्य समाचार

पर्सा–३ का एमाले उम्मेदवार पाण्डेयको घरदैलो कार्यक्रममा युवाहरुको उत्साहजनक सहभागिता

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता
मुख्य समाचार

पर्सा–२ मा कांग्रेसको शक्ति प्रदर्शनः अजयकुमार चौरसियाको घरदैलोमा व्यापक जनसहभागिता

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद