Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रौतहटको कटहरिया नगरपालिकामा १० लाख हिनामिनाको मुद्दा

अख्तियारले तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनामाथि भ्रष्टाचार मुद्दा दायर

by प्रणय साह
प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
A A
file photo

file photo

2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको कटहरिया नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साहसहित ७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।

जनचेतनामूलक डकुमेन्ट्रीको नाममा १० लाख हिनामिना

आर्थिक वर्ष २०७७र७८ मा नगरपालिकाको जनचेतनामूलक डकुमेन्ट्री निर्माण गर्ने बहाना बनाई सरकारी रकम झण्डै १० लाख रुपैयाँ हिनामिना गरेको आरोपमा मंगलबार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।

उजुरीका आधारमा गरिएको अनुसन्धानमा, नगरपालिकाले वार्षिक कार्यक्रम र बजेट स्वीकृति नै बिना, बदनियतपूर्ण रूपमा ‘सरिता फाउन्डेसन’ नामक संस्थासँग डकुमेन्ट्री निर्माणको सम्झौता गरेको खुलेको छ।

सम्झौताअनुसारको जनचेतनामूलक डकुमेन्ट्री बनाउनुको साटो मेयरको प्रशंसा मात्र रहेको भिडियो तयार गरिएको, त्यो भिडियो कहीं पनि प्रसारण नगरिएको, र नक्कली कागजात बनाई करिब ९,९८,९२१ रुपैयाँ भुक्तानी गरेर भ्रष्टाचार गरेको अख्तियारले उल्लेख गरेको छ।

७ जनामाथि मुद्दा — बिगो बराबर जरिवाना र कैद माग

मुद्दा दायर गरिएका व्यक्तिहरूः

रामप्रकाश साह — तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत

विवेक कुमार सहनी — लेखापाल

राम नरेश प्रसाद यादव — सहायकस्तर कर्मचारी

उमेश कुमार दास तत्मा — सहायकस्तर कर्मचारी

कौशल किशोर चौधरी — खरिदार

छोटेलाल मिश्र — खरिदार

सरिता कुमारी साह — निर्देशक, सरिता फाउन्डेसन

अख्तियारका अनुसार, उनीहरू सबैविरुद्ध ९,९८,९२१ रुपैयाँ बिगो कायम गर्दै सोही अनुपातमा जरिवाना र कैद सजाय मागदाबी गरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ मंसिर १६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद