वीरगन्ज। स्व.नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार वीरगन्जका युवा पत्रकार आंशु सर्राफलाई प्रदान गरिने भएको छ ।
समाजवादी प्रेस संगठन नेपाल पर्साले स्थापना गरेको स्व। नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार यस वर्ष यात्रा डेली अनलाइनका डेस्क सम्पादक सर्राफले पाउन भएका हुन् ।
बिहीबार बसेको पुरस्कार वितरणको लागि पत्रकार छनौट समितिको बैठकले दोस्रो स्व। नरेश सर्राफ स्मृति पत्रकारिता पुरस्कार पत्रकार सर्राफलाई प्रदान गर्ने निर्णय गरेको संगठनका जिल्ला अध्यक्ष शम्भु कुमार सुमनले जानकारी दिए ।
२१ हजार रुपैयाँ नगद राशीको पुरस्कार यही मंसिर १५ गते वीरगंजमा आयोजना हुने स्व। नरेश सर्राफको तेस्रो स्मृति सभामा पत्रकार सर्राफलाई वितरण गरिने उनले बताए।
आफ्नो प्रतिक्रिया दिनुहोस



