सिराहा । सिराहामा डाँका समूहले गोली प्रहार गर्दा बुबा–छोरा गम्भीर रूपमा घाइते भएका छन्। कल्याणपुर नगरपालिका–१२ बेलहाका ४२ वर्षीय वीरेन्द्र कुमार महतो र उनका २२ वर्षीय छोरा अनिल कुमार महतोलाई मध्यराति घरमै लुटपाट गर्ने क्रममा डाँकाहरुले गोली हानेको प्रशासनले जनाएको छ।
प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार दुवै जनालाई गोली लागेको र स्थानीयस्तरमा उपचार सम्भव नभएपछि उनीहरूलाई विराटनगरस्थित न्यूरो अस्पतालमा सारिएको हो।
उनले बताएअनुसार डाँका समूहसँग भएको प्रतिकारका क्रममा गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
घटनापछि प्रहरीले तत्कालै घटनास्थल पुगेर डाँका समूहको खोजी तीव्र पारेको जनाएको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



