Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा छपकैयामा निःशुल्क आँखा शिविर सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
A A
3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — सामुदायिक प्रहरी सेवा केन्द्र छपकैयाको आयोजनामा, वीरगंज महानगरपालिका वडा नं. २ छपकैया कार्यालयको सहयोग र वीरगंज सामुदायिक आँखा अस्पतालको प्राविधिक सहकार्यमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ।

शिविरमा कुल १६० जनाले आँखा परीक्षण गराएका थिए। तीमध्ये ४४ जनामा मोतियाबिन्दु फेला परेको वीरगंज सामुदायिक आँखा अस्पतालले जानकारी दिएको छ। मोतियाबिन्दुका बिरामीमध्ये २२ जना पुरुष र २२ जना महिला रहेका छन्।

कार्यक्रमका प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप–प्रमुख इम्तियाज आलमले सामुदायिक सेवा केन्द्रद्वारा गरिएको यस्तो सामाजिक कार्य अत्यन्त सराहनीय भएको बताउँदै केन्द्रका अध्यक्ष हाजी डा। ग्यासुदिन ठकुराईलाई धन्यवाद व्यक्त गरे। उहाँले भने, “वडाबासीको स्वास्थ्य हितका लागि आयोजना गरिएको यो आँखा शिविर प्रशंसनीय कार्य हो। वडा अध्यक्ष महमद रेयाज मिया र टोलबासीको सहयोगले कार्यक्रम सफल भएको छ। आगामी दिनमा पनि यस्ता स्वास्थ्य शिविरहरू निरन्तर रूपमा सञ्चालन हुने अपेक्षा गर्दछु।”

त्यस्तै, वडा नं। २ का वडा अध्यक्ष महमद रेयाज मियाले मोतियाबिन्दुको निःशुल्क अपरेशन यसै शनिबार गरिने जानकारी दिए। उहाँले भने, “मोतियाबिन्दुका बिरामीहरूको अपरेशन पूर्ण रूपमा निःशुल्क हुनेछ, उपचारका क्रममा कुनै पनि किसिमको शुल्क लाग्ने छैन।”

शिविरमा वीरगंज महानगरपालिकाका प्रतिनिधिहरू, सशस्त्र प्रहरीका डीएसपी पुरुषोत्तम, वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक विक्रम सुवेदी, वडा सदस्य बसिर मिया, अब्दुल लतिफ मिया अंसारी लगायतको उपस्थिति रहेको थियो।

कार्यक्रमको समापन सामुदायिक सेवा केन्द्रका अध्यक्ष हाजी डा। ग्यासुदिन मिया ठकुराईको अध्यक्षतामा सम्पन्न गरिएको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग
मुख्य समाचार

वीरगन्ज–१५ घटनामा स्थानीयको फरक दाबी, निष्पक्ष अनुसन्धानको माग

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल
आर्थिक

२५ करोडसम्मका उद्योग अब मधेस प्रदेश मातहत — मन्त्री कनिश पटेल

प्रकाशित : २०८२ कार्तिक २७,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद