परवानीपुर ।
परवानीपुर गाउँपालिका वार्ड नं। १, बुनियाद में बसत मुखी महतो धानुक को करेन्ट लागेर अकाल मृत्यु भएको खबरले सबैलाई शोकमा डुबोयको छ। यस घटनामा मृतक परिवारलाई श्रद्धांजलि अर्पित गर्न र दुखको समयमा परिवारसँग सहानुभूति जनाउन, परवानीपुर गाउँपालिका प्रत्यासी युवा नेता सञ्जु साह र उनका टोली मृतकको घर पुगे।
नेता सञ्जु साहसँगै बुनियादका स्थानीय कार्यकर्ता, युवा तथा बुद्धिजीवी व्यक्तिहरू पनि उपस्थित थिए, जसले मृतकको परिवारलाई साहस र समर्पणका शब्दहरू दिएका थिए। सबैको उपस्थितिले परिवारलाई शोकको समयमा सहारा दिएको थियो।
त्यस अवसरमा, नेता सञ्जु साह ले बुनियादका बुद्धिजीवी, युवा साथी र स्थानीय जनतासँग व्यक्तिगत भेटघाट पनि गरेका थिए। उनीहरूले यस मानवीय कदमको प्रशंसा गर्दै भने, दुखको समयमा एकआपसलाई साथ दिनु सबैभन्दा ठूलो मानवीय धर्म हो।
सञ्जु साह र उनकी टोलीले मृतक परिवारलाई आवश्यक सहयोगको प्रस्ताव राख्दै, यस कठिन समयमा स्थानीय समुदायको साथमा रहेको र तिनको समस्याहरूलाई समाधान गर्ने प्रतिबद्धता जनाएका छन्।



