Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गस्ती टोलीले कटुवा पेस्तोलसहित दुई जनालाई पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज
नेपाल–भारत सीमा क्षेत्रमा संयुक्त गस्ती गर्दा सशस्त्र प्रहरी बल र भारतीय सशस्त्र सीमा बल ९एसएसबी० को संयुक्त टोलीले दुई जनालाई कटुवा पेस्तोलसहित पक्राउ गरेको छ।

आज दिउँसो १२ बजेतिर, सशस्त्र प्रहरी बलको वीरगंज स्थित सीमा सुरक्षा गुल्मको कमाण्डर, नायब उपरीक्षक पुरुषोत्तम भण्डारी को नेतृत्वमा ९ जना नेपाली सशस्त्र प्रहरी र भारतीय समकक्षी एसएसबी पन्टोकाका एससी सचिन सिंह को नेतृत्वमा ५ जना सशस्त्र सीमा बलका जवानहरूद्वारा संयुक्त गस्ती टोली गठन गरिएको थियो।

गस्तीका क्रममा नेपाल तर्फ पर्सा जिल्ला वीरगंज महानगरपालिका–१६ इनर्वा र भारत तर्फ पूर्वी चम्पारण जिल्लाको नुनियाडी पंचायत–१ अहिर्वा स्थित सानो सीमा स्तम्भ नं ३९०।२२ नजिक ९अन्दाजी १५ मिटर नेपालतर्फ० दुई जना व्यक्तिहरू शंकास्पद अवस्थामा भेटिएका थिए। सशस्त्र प्रहरी बल नेपाल नं। १३ गण, पर्साले उक्त सूचना दिएको हो।

पक्राउ परेका व्यक्तिहरूमा पर्सा जिल्ला वीरगंज महानगरपालिका–५ कुमालटोलका अन्दाजी १८ वर्षीय सुमित कुमार मण्डल र बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका–७ का अन्दाजी २८ वर्षीय संजय कुमार साह कलवार रहेका छन्। उनीहरू झाडीमा लुकीछिपी बसेको अवस्थामा फेला परेका थिए।

गस्ती टोलीले उनीहरूको बसेको स्थानमा बोरा भित्र लुकेको कटुवा पेस्तोल १ थान पनि बरामद गरेको छ। लठ्ठ अवस्थामा रहेका संजय कुमारलाई तत्काल उपचारका लागि नारायणी अस्पताल ल्याइएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं। १३ गणका गणपति एसपी पुरन चन्द्र भट्ट का अनुसार, दुवैजनालाई बरामद गरिएको हतियारसहित आवश्यक कानूनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ।

यो घटनाले नेपाल–भारत सीमामा सुरक्षा अवस्थाको महत्त्वलाई पुनः स्पष्ट गरेको छ र सीमा क्षेत्रमा विभिन्न प्रकारका अपराध र अवैध गतिविधिहरूको नियन्त्रणमा संयुक्त गस्तीको महत्त्व झल्काएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ कार्तिक १९,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद