Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रास्वपा अध्यक्ष हरी पन्तद्वारा वीरगंज उद्योग वाणिज्य संघको आलोचना

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक २,आईतवार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साका अध्यक्ष हरी पन्तले वीरगंज उद्योग वाणिज्य संघले स्थानीय व्यापारी र उद्यमीहरूको हकहितमा काम गर्न नसकेको आरोप लगाएका छन्। उनले आफ्नो फेसबुक सामाजिक सञ्जालमार्फत संघको कार्यशैलीमाथि तीव्र असन्तुष्टि व्यक्त गर्दै संघलाई समग्र निजी क्षेत्रको प्रतिनिधित्व गर्न असक्षम ठहराएका छन्।

पन्तले भनेका छन्, “भर्खरै एक सरकारी निकायले वीरगंजमा एक जना सुनचाँदी व्यवसायीको पसल र घरमा छापा मारी निजले प्रयोग गरेका सम्पूर्ण गरगहनाहरु जबरजस्ती उठायो। तर आफूलाई वीरगंजका समग्र निजीक्षेत्रको प्रतिनिधित्व गर्ने भनेर चिनाउने वीरगंज उद्योग वाणिज्य संघले त्यसमा सिँकासम्म भाच्न सकेन।”

उनले जनकपुरको घटना उल्लेख गर्दै भने, “लगत्तै त्यही प्रकारको घटना जनकपुरमा भयो, जहाँ प्रहरीले अनावश्यक रुपमा सुनचाँदी पसलमा छापा मारेको थियो। जनकपुर उद्योग बाणिज्य संघले त्यसमा सशक्त र प्रभावकारी प्रतिवाद गर्‍यो, जस क्रममा संघका अध्यक्ष सुरेन्द्र भण्डारी गम्भीर घाइते भए र हाल अस्पतालमा उपचाररत छन्।”

हरी पन्तले जनकपुर उद्योग बाणिज्य संघले करिब ५००० उद्योगी व्यवसायीहरूको प्रतिनिधित्व गर्ने तथ्यलाई तुलना गर्दै वीरगंज उद्योग वाणिज्य संघले करिब ६०० मात्रै सदस्यता भएको र त्यो पनि एउटै व्यवसायिक घरानाले १० देखि २० सम्म सदस्यता लिएको आरोप लगाए। “यसले देखाउँछ कि वीरगंज उद्योग वाणिज्य संघले यहाँका करिब ५ प्रतिशत मात्र व्यवसायीलाई प्रतिनिधित्व गर्छ। संघले मात्र उच्च प्रशासकहरूको स्वागत र विदाईमा सीमित रही उद्योगी व्यवसायीहरूको हितमा प्रभावकारी भूमिका खेल्न सकेको छैन।”

पन्तले जोड दिए, “जबसम्म वीरगंज उद्योग वाणिज्य संघले सबै व्यवसायीलाई सदस्यता दिएर नयाँ ढंगबाट काम सुरु गर्दैन, तबसम्म यो संघ नामका लागि मात्रै रहने निश्चित छ। यदि संघले अझै अडिग रहे, बाँकी ९५ प्रतिशत उद्योगी व्यवसायीहरूले संघलाई बहिष्कार गरी नयाँ र शक्तिशाली व्यवसायिक संघ गठन गर्न बाध्य हुनेछन्।”

हरी पन्तको यो अभिव्यक्तिले वीरगंज उद्योग वाणिज्य संघको वर्तमान कार्यशैलीमाथि प्रश्नचिन्ह उठाएको छ र नयाँ संघ गठनको दबाब बलियो बनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार
मुख्य समाचार

मोबिल उद्योगका लेखापालमाथि सिर्सिया नदी प्रदूषण गरेको आरोपमा दुर्व्यवहार

प्रकाशित : २०८२ कार्तिक २,आईतवार
तिहार पर्वको समापनसँगै  मधेुसमा छठ पर्वको तयारी तीव्र
मुख्य समाचार

तिहार पर्वको समापनसँगै मधेुसमा छठ पर्वको तयारी तीव्र

प्रकाशित : २०८२ कार्तिक २,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद