वीरगञ्ज, — वीरगञ्ज समाज सेवा द्वारा नारायणी अस्पताल, वीरगञ्जमा सञ्चालन हुँदै आएको साप्ताहिक निःशुल्क भोजन कार्यक्रमको ६५औं श्रृंखला पनि सभ्य र भव्य रूपमा सम्पन्न भएको छ।
पछिल्लो डेढ वर्षदेखि प्रत्येक शनिबार बिहान ९ बजेबाट निरन्तर रुपमा सञ्चालन हुँदै आएको यो सेवाले बिपन्न बिरामीहरू, कुरुवा, असहाय नागरिक, रिक्सारई(रिक्सा चालकहरू तथा यात्रुहरूलाई लक्षित गर्दै सफा, स्वादिलो, पोषिलो र शुद्ध शाकाहारी भोजन खुवाउँदै आइरहेको छ।
सेवा नै धर्म हो — अध्यक्ष अशोक गुप्ता संस्थाका अध्यक्ष अशोक गुप्ताले कार्यक्रममा बोल्दै भने,“सेवा नै धर्म हो भन्ने मुलमन्त्रलाई आत्मसात गर्दै हामीले यो अभियान थालेका हौं। हरेक शनिबार करिब ४५०–५०० जना सम्मले यस सेवाबाट लाभ लिँदै आइरहेका छन्। उनीहरूको अनुहारमा देखिने खुसीले हामीलाई थप प्रेरणा मिल्छ।”
मानवता बलियो बनाउन आ(आफ्नो ठाउँबाट सेवा गरौं — सचिव प्रकाश बाहेतीसंस्थाका सचिव तथा युवा समाजसेवी प्रकाश बाहेतीले निःशुल्क भोजन कार्यक्रमलाई मानवताको उत्कृष्ट उदाहरण बताउँदै भने, “दिनदुखीको सेवा नै सच्चा धर्म र कर्म हो। हाम्रो यो अभियानमा जो–कोही पनि सेवा र सहयोगको भावना लिएर हातेमालो गर्न इच्छुक छन् भने स्वागत छ। हामी सबैले आ–आफ्नो स्थानबाट केही न केही सहयोग गरेर समाजमा सकारात्मक प्रभाव ल्याउन सक्छौं।”
स्वादिलो शाकाहारी भोजन खुवाइयो यसपटकको भोजनमा भात, दाल, आलु–परवलको तरकारी, हरियो खुर्सानीको अचार समावेश गरिएको थियो। समाजका स्वयंसेवकहरूले वृद्ध, महिला, बालबालिकालाई बोलाई–बोलाई, थपी–थपी खुवाउँदै सादर सेवा प्रदान गरे।
पदाधिकारी तथा स्वयंसेवकहरूको सक्रिय सहभागिता कार्यक्रममा समाजका पदाधिकारी तथा स्वयंसेवकहरू —उपाध्यक्ष मनोज प्रसाद रौनियार,सचिव प्रकाश बाहेती,सदस्यहरू मदन प्रसाद गुप्ता, लालबाबु सिंह, निसान्त लाठ, राजेन्द्र भट्टराई, रियान्स सिंह राजपुत लगायतले सक्रिय सेवा प्रदान गरे।



