Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राष्ट्रिय

बिरगञ्ज युवा समाजद्वारा दीपावली, छठको शुभकामना आदानप्रदान तथा ‘फेरि भेटौंला’ कार्यक्रम भव्य रूपमा सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ कार्तिक १,शनिबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — बिरगञ्ज युवा समाजद्वारा दीपावली र छठ महापर्वको अवसरमा शुभकामना आदानप्रदान तथा ‘फेरि भेटौंला’ कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरिएको छ।

कार्यक्रम बिरगञ्ज युवा समाजका अध्यक्ष संजीव थापाको अध्यक्षतामा तथा होटल एशोसिएसन मधेश प्रदेशका उपाध्यक्ष तथा होटल मकालु, बिरगञ्जका महाप्रबन्धक मोहन श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भयो।

प्रहरी निरीक्षकद्वयको सम्मान तथा बिदाई

कार्यक्रमको विशेष आकर्षणको रूपमा, बिरगञ्जका दुई प्रहरी निरीक्षक — जिल्ला ट्राफिक प्रमुख लोकराज भट्ट र बिर्ता वडा प्रहरी कार्यालयका प्रमुख निरोज चौलागाईंलाई समाजले सम्मान गर्दै बिदाइ गरेको थियो। “फेरि भेटौंला” भन्ने भावना सहित गरिएको बिदाइ कार्यक्रममा सहभागीहरूले उनीहरूको योगदानको उच्च प्रशंसा गरेका थिए।

प्रमुख अतिथि श्रेष्ठको मन्तव्य

प्रमुख अतिथि मोहन श्रेष्ठले नेपालीहरूको महान पर्व दीपावली र छठले संस्कार, संस्कृति र आपसी एकता तथा भाइचाराको सन्देश फैलाउने भन्दै, यस्ता पर्वहरूलाई समाजिक सद्भावको रूपमा मनाउनुपर्नेमा जोड दिए। साथै, सम्मानित प्रहरी निरीक्षकहरूले शान्ति सुरक्षामा देखाएको सक्रियताको प्रशंसा गर्दै, “उहाँहरू जहाँ जानुहुन्छ, जनताको मन जितेर प्रहरी संगठनको नाम उच्च बनाउनुहुनेछ” भन्ने विश्वास व्यक्त गरे।

विशिष्ट अतिथि प्रहरी निरीक्षकहरूको मन्तव्य

सम्मानित अतिथि निरीक्षक भट्ट र चौलागाईंले बिरगञ्ज युवा समाजको कार्यलाई देश, जनता र समाज परिवर्तनको वाहकको रूपमा वर्णन गरे। आपतबिपतमा युवाहरूको सक्रियताको प्रशंसा गर्दै, नयाँ पुस्ता — विशेषतः Gen Z — द्वारा उठाइएको भ्रष्टाचार विरुद्धको अभियानमा पनि समाजले भूमिका खेल्नुपर्ने धारणा व्यक्त गरे। साथसाथै, आफूहरूलाई सम्मानित गरेकोमा समाज परिवारप्रति कृतज्ञता व्यक्त गरे।

अध्यक्ष थापाको प्रतिबद्धता

समाजका अध्यक्ष संजीव थापाले संस्था स्थापना कालदेखि नै बिकृति, विसंगति र कुप्रथाविरुद्ध संघर्ष गर्दै आएको स्मरण गरे। उनले समाजले भूकम्प, बाढी, आगलागी, हुरीबतास जस्ता विपद्को समयमा देशका कुनाकाप्चासम्म पुगेर पिडितलाई सेवा र सहयोग प्रदान गर्दै आएको बताए।

थापाले सम्मानित निरीक्षकहरूको बिरगञ्जमा शान्ति सुरक्षाको क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै, “उहाँहरू फेरि DSP वा SP बनेर बिरगञ्जमै फर्कनुहुनेछ भन्ने आशा सहित फेरि भेटौंला,” भन्दै आगामी कार्यकालको सफलताको कामना गरे।

सहभागिता र सहजीकरण

कार्यक्रममा समाजका उपाध्यक्ष सानू राणा, सदस्यहरू सुशील श्रेष्ठ, पुर्ण गुरुङ, कमलेश सराफ, सृष्टि बिस्ट, सैयाद अन्सारी, निरज श्रेष्ठ, काजल कोइराला, पुष्पराज कोइराला, सुमन पौडेल, मौसमी, मनोज गुप्ता, जगत गुप्ता, सुशील सिंह, राजु गुप्ता लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
कार्यक्रमको सहजीकरण समाजका सदस्य बिनोद धिमालले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ कार्तिक १,शनिबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ कार्तिक १,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद